शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ४१ हजार क्षयरोगी उपचारको पहुँच बाहिर

मङ्गलबार, १० चैत २०७७, १६ : ३२
मङ्गलबार, १० चैत २०७७

काठमाडौं। नेपालमा ४१ हजार क्षयरोगका बिरामी उपचार पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा ४१ हजार बिरामी नआएकाले चुनौती थपिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए । 

अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा वार्षिक रुपमा ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने उनले बताए ।  निजी स्वास्थ्य संस्थाबाट उपचार गराइरहेका क्षयरोगीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास क्षयरोग केन्द्रले गरिरहेको उनले सुनाए । 

आर्थिक वर्ष ०७६/०७७ मा १ लाख जनसख्या बराबर ९३ जनामा क्षयरोग देखिएको थियो । नेपालमा २४ मार्चको दिन ‘संकेतको समयको, क्षयरोगको अन्त्य’ भन्ने नाराका साथ क्षयरोग दिवस मनाइँदैछ । यस्तै क्षयरोग केन्द्रका योजना, मूल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले नेपालमा २५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको जानकारी दिए । कोरोना महामारी तीव्ररूपमा फैलँदा ७ जना क्षयरोगीको मृत्यु भएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप