शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोडलको खुलासाः जाकोविचको अश्लील भिडियो बनाउनका लागि अफर गरिएको थियो ८२ लाख

बुधबार, ११ चैत २०७७, १२ : ५६
बुधबार, ११ चैत २०७७

सर्बियाली मोडल नतालिया स्केचले हालै एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनका अनुसार उनलाई संसारका नम्बर १ टेनिस खिलाडी नोवाक जोकोविचलाई फसाउन र सेक्स टेप बनाउनका लागि मोटो रकम अफर गरिएको थियो । नातालियाले उनलाई यसका लागि ६० हजार यूरो अर्थात् ८२ लाख रुपैयाँ र आफूलाई मनपरेको कुनै पनि स्थानमा भेकेसनको अफर गरिएको थियो ।

इन्स्टाग्राम स्टारले यूरोपेली म्यागजिन स्वेट एण्ड स्क्यान्डलसँगको कुराकानीमा नोवाकको वैवाहिक जीवन ध्वस्त पार्नका लागि यस्तो योजना बुनिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘यो साँचो हो कि मलाई एक व्यक्तिले सम्पर्क गरेका थिए । म उनलाई पहिलेदेखि नै चिन्दथेँ र उनलाई एक निकै गम्भीर प्रोफेशनल ठान्दथेँ । उनले मलाई डेटका लागि सोधेका थिए र व्यापारको सिलसिलामा उनले मसँग बसेर कुरा गर्न चाहेको होलान् भन्ने मैले सोचेँ । यद्यपि, मैले क्रमशः बुझ्दै गएँ कि यो मेरो जीवनसँग सम्बन्धित नभई नोवाकको जीवनलाई बबार्द गर्नका लागि एक षड्यन्त्र रचिँदै थियो ।’

नतालियाले थपिन्, ‘ती व्यक्तिले मलाई नोवाकलाई रिझाउन र उनलाई एक रोमान्टिक स्थलमा लगेर उनीसँगको सेक्स टेप सुट गर्नुपर्ने बताए । सुरुमा त मलाई ती व्यक्ति ठट्टा गरिरहेका छन् जस्तो लागेको थियो तर उनी पूर्ण रुपमा गम्भीर थिए ।’

यी मोडलका अनुसार यो कामका लागि उनलाई ६० हजार यूरो र संसारको कुनै पनि स्थानमा रिल्याक्स गर्न पाउने अफर गरिएको थियो । यसबारे उनी भन्छिन्, ‘उनको कुरा सुनेर मलाई असाध्यै रिस उठ्यो । उनलाई त्यति नै बेला पानी फ्याँकिदिन मन लागेको थियो तर त्यो एक सार्वजनिक स्थान थियो त्यसैले त्यसो गर्न सकिनँ ।’

उनी भन्छिन्, ‘त्यसपछि मैले आफ्नो सामान उठाएँ र त्यहाँबाट गएँ । म आशा गर्छु कि उनले यस्ता युवती पाउनेछैनन् जो यस्तो गर्न राजी हुनेछन् किनभने यो नोवाकमाथि ज्यादती हुनेछ । नोवाक संसारकै सबैभन्दा उत्कृष्ट खिलाडी मानिन्छन् । उनी हाम्रो देशका सबैभन्दा ठूला ब्रान्ड एम्बेसेडर हुन् र एक आदर्श पारिवारिक व्यक्ति हुन् ।’

उनले थपिन्, ‘म आशा गर्छु कि यो खुलासा पछि अन्य महिला पनि यो कामका लागि अघि बढ्ने छैनन् ।’

स्मरण रहोस्, नोवाक र उनकी श्रीमती जेलेनाको विवाह सन् २०१४ मा भएको थियो । नोवाक र जेलेनाको सम्बन्धको विषयमा विभिन्न प्रकारका अफवाह उड्ने गर्छन् ।

नोवाकले सन् २०२० मा आफ्नो एक बयानमा भनेका थिए, ‘जेलेना र मेरो सम्बन्धविच्छेद हुन लागेको कुरामा मानिसहरुले निकै चासो दिइरहेका छन् र म यो बुझ्नसक्छु । तर यस्तो होइन किनभने हामी दुई एकअर्कालाई असाध्यै सम्मान गर्दछौं र हाम्रो सम्बन्ध बलियो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप