शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटियो

बुधबार, ११ चैत २०७७, १४ : ५३
बुधबार, ११ चैत २०७७

भारतको १८ राज्यमा कोरोना भाइरसका एउटा नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट जानकारी प्राप्त नभएको पनि बताएको छ ।

कोरोना भाइरसको यो नयाँ भेरियन्ट विदेशमा पनि भेटिइसकेको छ । पछिल्ला केही दिनदेखि विश्वका अन्य मुलुकसमेत भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुपमा बढिरहेको छ । साथै, नेपालमा पनि कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको यो नयाँ किसिम हालसम्म खासै धेरै भेटिएको छैन । यद्यपि, यो नयाँ किसिमको भाइरसले शरीरको प्रतिरोधी प्रणालीबाट बचेर संक्रमण बढाउने गरेको पनि बताइन्छ ।

भाइरसको यो म्यूटेशन करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । चिन्ताको विषय यो छ कि यी नमूना पहिलाको भेरियन्टसँग मेल खाँदैन ।

महाराष्ट्रमा भेटिएको नमूनाको विश्लेषण पश्चात् पत्ता लागेअनुसार डिसेम्बर सन् २०२० को तुलनामा नमूनामा ई४८४क्यू र एल४५२आर म्युटेशनको अंशमा बढोत्तरी भएको छ ।

अन्तरराष्ट्रिय यात्री भारतमा आएका बेला र अन्य रोगीबाट लिइएको नमूनाको जिनोम सिक्वेन्सिङ र यसको विश्लेषणपश्चात् यस्तो किसिमका संक्रमितको संख्या १० भेटिएको जानकारीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप