सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने
बुधबार, ११ चैत २०७७, १७ : ११
सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । सिप्रदीको तालिम केन्द्र चन्द्रागिरीमा हुने सो तालिमका लागि दरखास्त आह्वान गरिएको छ ।
तालिममा उत्कृष्ट एवं सफल हुने प्रशिक्षार्थीहरूलाई सिप्रदीले नेपालभरी फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरूमा प्राथमिकता दिने बताइएको छ ।
दरखास्त बुझाउन अन्तिम मिति १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । नि:शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्रायता दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी