बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तराष्ट्रिय पहिचान बनाउदै कोरियोग्राफर चाँदनी

मङ्गलबार, २४ असोज २०७४, ११ : २१
मङ्गलबार, २४ असोज २०७४

काठमाडौं – सौदर्य प्रतियोगीता होस् वा फेसन शो । आयोजकको पहिलो रोजाइमा पर्ने कोरियोग्राफर हुन् चाँदनी लामिछाने । बिगत १० बर्ष अर्थात २००७ देखि मोडलिङ फिल्डलाई आफ्नो कर्मथलो बनाउदै आएकी उनले २००९ बाट ब्यवसाहिक कोरियोग्राफी थालेकी हुन् । 

सन् २००७मा ब्यवसाहिक मोडलका लागि आवश्यक प्रशिक्षण सहित यो क्षेत्रमा होमिएकी उनले सुरुका केही बर्ष र्याम्प सो, फेसन परेड लगायतमा आफुलाई सक्रिय राखिन् । यहि समय दर्जन हाराहारीका म्युजिक भिडियो अभिनय गरेकी उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कलेज सिरियलमा समेत अभिनय गरेकी छन् । 

त्यसपछि केही अन्य सानोपर्दाको श्रृखला र केही चलचित्रमा सानोतिनो भुमिका निर्बाह गरेकी लामिछाने २००९ की सौदर्य प्रतियोगीता ‘मिस राजधानी’ बिजेता पनि हुन् । २००९ कै ‘मिस एण्ड मिष्टर राजधानी’ उनको कोरियोग्राफीको पहिलो सौदर्य प्रतियोगीता थियो । 

त्यसपछि ‘मिष्टर नेपाल’, ‘रन वे मोडल’ ,‘मिष्टर एण्ड मिस राजधानी’, ‘ नेपाल फेसन आइकन’लगायत थुप्रै सौदर्य प्रतियोगीतामा कोरियोगाफरको जिम्बेवारी निर्बाह गर्दै आएकी उनी पछिल्लो समय दर्जन बढी सौदर्य प्रतियोगीतामा आवद्ध रहदै आएकी छन् ।

पुरुषहरुको सौदर्य प्रतियोगीता समेत सम्हाल्ने एकमात्र महिला कोरियोग्राफरमा आफ्नो नाम दर्ज गराउन सफल उनी बिभिन्न अन्तराष्ट्रिय कार्यक्रमसँग पनि आवद्ध छिन् । सार्क कल्चर एसोसियसनले केही पहिले आयोजना गरेको अन्तराष्ट्रिय कल्चरल अवार्डमा समेत पुरस्कार पाउन सफल उनी नेपाल राष्ट्रिय मोडलिङसंघबाट समेत बेलाबेलामा बिभिन्न सम्मानित हुन सफल छिन् । मिस्टर टिन एसिया प्यासिफिक कार्यक्रमसँग समेत आवद्ध उनी आफुलाई बिभिन्न फेसन सो, फेसन परेडमा पनि आवद्ध रहदै आएकी छन् । 

नेपालमा कोरियोग्राफरको भबिस्या राम्रो भएपनि संख्यामा बृद्धी हुन नसकेको गुनासो गर्ने उनी समाजले कोरियोग्राफरलाई सकारात्मक दृष्टीले हेर्ने गरेको बताउँछिन् । कोरियोग्राफीको तुलनामा मोडलिङ पेसा राम्रो नभएको बताउने उनी कोरियोग्राफरको पारिश्रमीक र इज्जत मोडलिङको तुलनामा राम्रो भएको सुनाउछिन् ।

पर्सनालीटी डेभलभ लगायत भबिस्य निर्माणका लागि आवश्यक बिभिन्न प्रशिक्षण कोरियोगाफी भित्र पर्ने बताउने उनी यो प्रशिक्षणले जीवन अगाडि बढाउन सहज हुने तर्क गर्ने गरेकी छन् ।

थुप्रै नर्मल मानिसलाई कोरियोग्राफी मार्फत अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्न सक्ने समेत बनाएकी चाँदनी अहिले आफ्नो कोरियोग्राफी अन्तराष्ट्रिय स्तरमा पुर्याउने कसरतमा छिन् ।

देशको कलासंस्कृति बिदेशका बिभिन्न मुलुकमा पुर्याउने उदेश्यका साथ आफुले अन्तराष्ट्रिय कोरियोग्राफी थालनी गरेको उनी बताउँछिन् । मोडलिङ उद्योेगलाई अन्तराष्ट्रिय स्तरमा लैजाने उनको अन्तराष्ट्रिय कोरियोग्राफीको उनको अर्काे लक्ष्य पनि हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप