बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन आउँदैन रातमा निद्रा ?

शुक्रबार, १३ चैत २०७७, ०९ : १४
शुक्रबार, १३ चैत २०७७

उमेर बढेसँगै रातिमा निदाउने तरिकामा परिवर्तन आउँदै जान्छ । ६५ प्रतिशत महिला र पुरुषहरु रातिमा निद्रा नलाग्ने र दिउँसोको समयमा निन्द्रा लाग्ने समस्याबाट पीडित भएका एक अनुसन्धानले खुलासा गरेको छ । तर, किन यस्तो हुन्छ त ? 

दुखाई
हाडजोर्नी तथा ढाड दुख्ने समस्या, पाचन प्रक्रियामा समस्या, मधुमेह र उमेरसम्बन्धी विभिन्न समस्याका कारण शरीरमा दुखाई हुने र यसको कारण रातिमा निद्रा नलाग्ने समस्या आउँछ । यसको लागि फिजिकल थेरापी गर्न आवश्यक हुन्छ । 

न्यूरोलोजिकल बिरामी
न्यूरोलोजिकल बिरामीको असर सीधा दिमागमा हुन्छ । ६० वर्ष पुगेका व्यक्तिहरुमा पार्किन्सन रोग लाग्नु सामान्य नै जस्तो भइसकेको छ । यसमा शरीरका अंगहरुको कम्पन महसुस हुन्छ । यसका साथै, अल्जाइमरको कारण पनि निन्द्रा नलाग्ने समस्या आउन सक्छ । 

औषधि
उच्च रक्तचाप, हृदयसम्बन्धी रोगहरु जस्ता अन्य रोगहरुको उपचारका लागि प्रयोग गरिने औषधिहरुको सेवनले निन्द्रा नलाग्ने समस्या आउन सक्छ । औषधिका कारण निन्द्रा लाग्न समस्या भएमा डाक्टरको सल्लाह लिन सकिन्छ । 

बारम्बार बाथरुम जानु
रातिमा बारम्बार बाथरुम जाने गर्नुहुँन्छ भने तपाईंलाई निन्द्रामा समस्या आउँछ । उमेर बढेसँगै लाग्ने विभिन्न रोगका कारण नोक्टूरिया भन्ने समस्याका कारण पिसाब लाग्ने कारण रातिमा निन्द्रा नलाग्ने समस्या आउने भएकाले मदिरा र क्याफिनको सेवन गर्न छोड्नुपर्छ ।

मनोपोज
उमेर ढल्कँदै गएपछि महिलाहरुले मनोपोज हुने समयमा प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मोन बन्न बन्द हुन्छ । जसको कारण रातिमा निन्द्रा नआउने समस्या बढ्दै जान्छ । 

स्लीप एपनिया
सामान्यताः ४० वर्ष कटेपछि देखिने यो समस्याका कारण पनि निद्रामा समस्या आउँछ । ठूलो ठूलो आवाजमा घुर्ने समस्याले छिन छिनमा नै निद्रा खुल्ने र निन्द्रा नलाग्ने समस्या पनि आउँछ । 

मानसिक स्वास्थ्य
डिप्रेशन, बाइपोलर डिसअर्डर र अन्य दिमागी डिसअर्डरका कारण निन्द्रामा गडबढी आउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप