नुवाकोटका तीन स्थानमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
नुवाकोट । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट आठ हजार बिरामी लाभान्वित भएका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिकामा तीन दिन, तादी गाउँपालिकामा दुई दिन र दुप्चेश्वर गाउँपालिकामा तीन दिन शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ ।
तीन पालिकामा सञ्चालित शिविरमा ७ हजार ९ सय ६६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सूर्यगढीमा ३ हजार ४ सय २, तादी गाउँपालिकामा २ हजार ९ सय ४७ र दुप्चेश्वर गाउँपालिकामा १ हजार ६ सय १७ जना बिरामीले शिविरबाट स्वास्थ्य सेवा लिएका छन् ।
तीन वटै शिविरमा गरी १ हजार ५३ जनाको इसीजी, १ हजार ३ सय ५६ जनाको भिडियो एक्सरे र १ हजार ६ सय ४ जनाको ल्याब टेष्ट गरिएको छ । त्यस्तै, शिविरमै ६९ जनाको सामान्य शल्यक्रिया गरिएको छ । एक जना हाइड्रोसिल भएका विरामीको जटिल शल्यक्रिया पनि गरिएको छ । त्यस्तैगरी, १ सय ६४ जनाको दाँत फुकालिएको छ । शिविरमा अप्रेशन सम्भव नभएका २ सय ५७ जनालाई अस्पतालमा बोलाइएको छ । उनीहरुलाई विशेष छुटमा अप्रेशन गरिने बताइएको छ । अब, चैत २० गते काभ्रेको जिरोकिलोमिटर, २३ गते काठमाडौंको मुलपानी र ३० गते काभ्रेपलान्चोकको कुशादेवीमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको केएमसीले जनाएको छ ।
यसअघि पनि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजसेवी डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ