शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंका घरमा मेलम्चीको पानी, १५ तस्बिरमा हेरौं

आइतबार, १५ चैत २०७७, १७ : ४६
आइतबार, १५ चैत २०७७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महाँकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाए । पानी उपभोक्ताको घरको धारामा झरिसकेको छ । चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रका उपभोक्तको घरका धरामा पानी झरिसकेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप