बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पातको थैला बनाउने तालिम सम्पन्न

मङ्गलबार, १७ चैत २०७७, ०८ : ०८
मङ्गलबार, १७ चैत २०७७

अमेरिकी दूतावास युवा परिषद् अन्तर्गत पातको थैला बनाउने तालिम सम्पन्न भएको छ । अमेरिकी दूतावास युवा परिषद् २०१९−२० को ब्याचको पातको थैला समुहले अयोजना गरेको उक्त तालिममा ३५ जनाले जुममार्फत सहभागिता जनाएका थिए भने १०० भन्दा बढिले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हेरेका थिए ।

कार्यक्रममा पोखरा उपत्यका आसपासका कृषक समुहका सदस्यहरू, सामुदायिक वनका उपभोक्ताहरू तथा काठमाडौंको उपत्यकाका कौसी खेतीमा संग्लन व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम कौसी​ क्वीन २०७७ विजेता पवित्रा भण्डारी, तिब्रेकोट सामुदायिक वन, हेम्जाका समिति सदस्यहरू लगायतको आतिथ्यतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा अमेरिकी दूतावास नेपालका लाइब्रेरियन तथा यस परियोजनाका सल्लाहकार अलिना शाक्यले स्वागत मन्तव्य राखेकी थिइन् । त्यसैगरी, परियोजना संयोजक रमेश तिमिल्सिनाले परियोजनाबारे विस्तृत जानकारी गराएका थिए भने सामना बरालले कार्यक्रम संचालन गरेका थिए । तालिममा नमुना कृषक तथा पोखरा स्थित भ्यूपोइन्ट अर्गानिक कृषि तथा अर्गानिकफार्मका संस्थापक देवीलाल बरालले प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले पातको थैलाजस्ता सरल र माटोमैत्री प्रविधिबारे व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै उक्त प्रविधिलाइ अफ्ना करेसाबारी र कौसी खेतीमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्दै परियोजना समुह सदस्य पवन बाबु बास्तोलाले यस्तो पर्यावरणमैत्री प्रविधिलाई कृषकहरूमा लैजान सहयोग गरेकोमा अमेरिकी दूतावास युवा परिषद्, नेपाललाई धन्यबाद ज्ञापन गरेका थिए ।

अमेरिकी दुतावास युवा परिषद, नेपालस्थित अमेरिकी दुतावासले सन् २०११ मा नेपाली युवाहरुसँग उनीहरुको सरोकारका विषयमा सोझै अन्तरक्रिया गर्न स्थापना गरेको हो  । परिषदले समुदायमा सकरात्मक परिवर्तनको लागी सक्रिय रुपमा सकारात्मक रुपमा काम गरिरहेका युवाहरुसँग सहकार्य गरी काम गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप