बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा ग्यास लिक भएर आगलागी

मङ्गलबार, १७ चैत २०७७, ०९ : ५६
मङ्गलबार, १७ चैत २०७७

रौतहट । रौतहटको कटहरियामा ग्यास लिक भएर आगलागी हुँदा एकघर जलेर नस्ट भएको छ । कटहरिया २ बडका बडेरवा स्थित राज किशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागी करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा चुल्हाई साह, अमरलाल साह लगायत ४ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मीले बताए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप