बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पक्षबीच झडप हुँदा एक दर्जन युवा घाइते

मङ्गलबार, १७ चैत २०७७, १० : ०२
मङ्गलबार, १७ चैत २०७७

रौतहट । होली पर्वमा रौतहटको फतुवा विजयपुरमा गएराति दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक दर्जन युवा घाइते भएका प्रहरीले जनाएको छ । 

अधिक मदिरा सेवन पछि फतुवा विजयपुर ९ बडहर्वाका नगिना यादव र सुदामा यादव पक्ष बीच झडप भएको हो ।
झडपमा नगिना यादव ,सुदामा यादव सहित १ दर्जन युवा घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको एलएस न्युरो अस्पताल वीरगंजको र अन्यको बारा कोल्हवी स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । 

खानपिनका क्रममा भनाभन हुँदा झडपको स्थिति भएको उनको भनाइ छ । 
त्यसैगरी होलीपर्वमा सोमबार दिउँसो मदिरा सेवन गरी जिल्लाको विभिन्न स्थानमा चलाएको १० वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप