बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उकालो लाग्यो शेयर बजार

मङ्गलबार, २४ असोज २०७४, १५ : ५४
मङ्गलबार, २४ असोज २०७४

काठमाडौँ - लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०।७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०।२२ बिन्दुले बढेको छ । 

आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ०।८५, वित्त क्षेत्र ४।५१ र अन्य समूह ८।६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०।३, व्यापार ३।३८, होटल ६।२१, बीमा ८।९९ र उत्पादन समूहका शेयर ११।६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप