ad
केन्द्रीय संस्करण

सौर्यमण्डलको  ‘भ्याकुम क्लिनर’

person explore access_timeचैत १७, २०७७ chat_bubble_outline0

सौर्यमण्डलमा रहेका आठ ग्रह अन्तर्गत  बृहस्पति ग्रहलाई जति बुझ्ने कोशिश  गर्‍यो त्यति नै रहस्यमय छ । सबै ग्रह आफ्नै खास कारणले एकआपसमा अलग छन् । बृहस्पति ग्रहलाई नेपाल तथा भारतमा गुरुको रुपमा मानिन्छ । अंग्रेजीमा  जुपिटर नामले चिनिने यो ग्रह जुपिटरको रोमन सभ्यतामा अर्थ पौराणिक देवताको नाम हो । यस ग्रहका बारेमा जोडिएको केही रोचक प्रसंग यस्ता छन् ।

बृहस्पति ग्रहमा कुनै धरातल छैन । साथै, यो हाइड्रोजनले बनेको तथा अमोनिया क्रिस्टल र संभवतः अमोनियम हाइड्रोसल्फाइडको बादलले ढाकिएको छ । यसकारण पनि बृहस्पतिमा जीवनको कुनै संभावना छैन । बृहस्पति ग्रहको सबैभन्दा रोचक तथा रहस्यमय चिज भनेको ‘द ग्रेट रेड स्पट’ हो । वास्तवमा यो एक प्रकारको आँधी हो जो रातो धब्बा जस्तो देखिन्छ ।

वैज्ञानिकका अनुसार सयौंवर्ष देखि यहाँ यस्तो आँधी चलिरहेको छ जो यति ठूलो छ कि यसमा पृथ्वी जत्रो तीनवटा ग्रह समाहित हुन सक्छन  । तर, वैज्ञानिकलाई यो तुफान चल्नुको कारण भने थाहा छैन ।

बृहस्पति ग्रहलाई सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ समेत भनिन्छ । यसको कारण भने यसले आफ्नो शक्तिशाली गुरुत्वाकर्षण बलले सौर्यमण्डलमा आउने बाहिरी उल्कापिण्डलाई आफूतिर तान्ने काम गर्छ । यदि यसो नहुने हो भने यी उल्कापिण्डहरु पृथ्वी तथा अन्य ग्रहसँग ठोक्किन पनि सक्छन् । जसले ठूलो विपत्ति पनि ल्याउन सक्छ ।

पृथ्वीमा चौबिस घण्टाको एक दिन हुन्छ भने बृहस्पतिमा ९ घण्टा ५५ मिनेटको  । तर, पृथ्वीको ११.९ वर्षमा बृहस्पति ग्रहको एकवर्ष पूरा हुन्छ । जुन एकदमै अचम्मको कुरा हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.