शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको इन्साडर ट्रेडिङ आशंका,  नेप्से भन्छ: कारोबार रद्द हुँदैन दोषी पत्ता लागे कारवाही हुन्छ

मङ्गलबार, १७ चैत २०७७, १४ : २७
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । अहिले अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङ गरेको आशंका लगानीकर्ताहरूले गरेका छन् । मंगलबार मात्र ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गर्ने सूचना प्रकाशित गरेको अजोडले सोमबार नै सूचना चुहाएर इन्साइडर ट्रेडिङ गरेको आशंका  लगानीकर्ताले गरेका हुन् । तर नेप्सेलाई यो विषय टाउको दुःखाइको विषय बनेको छ । ‘कसले सूचना चुहायो कसरी पत्ता लगाउने ?’ नेप्से भन्छ । 

यद्यपि, यो विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रवक्ता मुरारी पराजुली बताउँछन् । उनी भन्छन, ‘आशंका गर्न पाइयो तर पुष्टि गर्न गाह्रो छ । नेप्से र सूचीकृत कम्पनीको सम्बन्ध दुई बीचमा भएको सम्झौताअनुसार हुन्छ । कारोबार रद्द हुँदैन । प्रमाणित भयो भने चुहाउनेलाई कारबाही हुन्छ ।’

अजोड इन्स्योरेन्सको सेयर मूल्य  सोमबार ९.९६ प्रतिशतले बढेको थियो । तर आज एक सूचना प्रकाशित गर्दै अजोडले वैशाख ७ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव सभामा लैजाने भएको छ । यो सूचना पहिले नै चुहाएर सेयर मूल्य प्रभावित पार्न खोजेको लगानीकर्ताको आशंका हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप