बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा ३२ अंकको वृद्धि, ६ अर्बको कारोबार

मङ्गलबार, १७ चैत २०७७, १५ : ३३
मङ्गलबार, १७ चैत २०७७

मंगलबार सेयर बजारमा ३२.१५ अंकले वृद्धि भएको छ । १.२६ प्रतिशतले बढेको बजारमा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 
आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा बढोत्तरी छ । आज वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ३४ रुपैयाँ पुगेको हो ।

दोस्रो  बढी सेयर मूल्य बढ्नेमा सानिमा जनरल इन्सुरेन्स रहेको छ । यसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर  प्रतिसेयर ७ सय ६ रुपैयाँ कायम भएको छ । 
सबैभन्दा बढी कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ  । यसको आज ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप