बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय सेनाद्वारा कोरोना खोप हस्तान्तरण

मङ्गलबार, १७ चैत २०७७, १७ : ०२
मङ्गलबार, १७ चैत २०७७

काठमाडौँ । भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप हस्तान्तरण गरेको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरेपश्चात् फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप हस्तान्तरण गरेको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत सो खोप हस्तान्तरण गरेको जनाइएको छ । भारतको पुणे स्थित सिरम इन्स्टिच्युटबाट एयर इण्डिया विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको सो खोप नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरे ।

स्मरणरहोस्, जनरल नरवणे नेपाली सेनाका मानार्थ महारथी पनि हुन् । गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो । भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्को एक अनुपम उदाहरण हुनुका साथै यसले भारतले आफ्नो छिमेकीप्रति देखाएको सदाशयतालाई पनि पुष्टि गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप