बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते

बुधबार, १८ चैत २०७७, २२ : २८
बुधबार, १८ चैत २०७७

महोत्तरी । महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । महोत्तरीको औरही नगरपालिका ४ स्थित सेरामा बुधबार साँझ अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका १ बस्ने रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

गोली लागेर घाइते भएका  कोइरालाको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली कसले र किन चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप