बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको सितामढी पुर्‍याइएका महोत्तरीका किशोरी र बालिकालाई नेपाल ल्याइँदै

बुधबार, १८ चैत २०७७, २२ : ४१
बुधबार, १८ चैत २०७७

जनकपुर । महोत्तरीको भंगाहा नगरपालिकाबाट भातर पुर्याइएका ७ जना बालिका र किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।  घाँस काट्न जाँदा भारत पुर्याइएका ती बालिका तथा किशोरीहरु समाचार तयार गर्दासम्म नेपाल–भारत सिमानाको भिट्टामोडमा छन् । बिहारको सीतामढीमा फेला परेका उनीहरुलाई बुधवार राती नै नेपाल ल्याउन लागिएको सशस्त्र प्रहरी बल महोत्तरीका एसपी सुरेश सापकोटाले रातोपाटीलाई जानकारी दिए । 

भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सीतामढी पुर्याएका थिए । चउरमा घाँस काट्न जाँदा ती महिलाले ‘गायिका बनाइदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ । 
नेपाल ल्याउने प्रक्रिया भइरहेको जानकारी दिँदै महोत्तरीका एसपी दिनेश आचार्यले  भने– ‘बालिकाहरूलाई किन त्यहाँ पुर्याइएको थियो भन्ने खुल्न बाँकी छ, उनीहरुलाई नेपाल ल्याएपछि हामी थप अनुसन्धान गर्छौ ।’  स्वास्थ्य परीक्षण र कागजी प्रक्रिया पूरा गर्दा नेपाल फर्काउन ढिलाइ भएको बताइएको छ । भारतको मानवअधिकारवादी संघ–संस्थाले स्वास्थ्य परीक्षणको माग गरेपछि उद्धार गरेका बालिकाहरूलाई नेपाल ल्याउनल ढिलाई भएको सुरक्षा अधिकारीहरु बताउँछन् । 

सीतामढीको रेल्वे स्टेशनमा फेला परेका उनिहरुलाई भारतीय प्रहरीले सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । उनीहरुलाई नेपाल ल्याउन सशस्त्र र नेपाल प्रहरीको टोली भिट्टामोडमा पुगेका छन् ।  उनीहरू फेला परेको खबर पाएपछि बुधबार बिहान सशस्त्र  र नेपाली प्रहरीको टोली सीतामढी पुगेका हुन् । घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए । 

अस्मिता उच्च मावि भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् भने रिया र ज्योति कक्षा ८ मा पढ्छन् ।  सीमा र नगिना कक्षा ७ मा पढ्छन् । अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको परिवारले जानकारी दिएका छन् । हराएको सूचना पाएपछि भंगहा नगरपालिका प्रमुख संजिव साह, प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप