बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘जसपा सरकारको नेतृत्व लिन तयार छ’

प्रचण्डले समर्थन फिर्ता नलिने, जसपालाई दोष दिने ? : राजेन्द्र महतो
बिहीबार, १९ चैत २०७७, ०७ : ३४
बिहीबार, १९ चैत २०७७

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाले नयाँ सरकार दिने अनुमान गरिए पनि त्यसको कुनै छनक देखिएको छैन । प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना बितिसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) अनिर्णयको बन्दी बनेका छन् । नयाँ सरकार निर्माणका लागि संसदीय अंक गणितमा तीन दलको सहकार्य अनिवार्य बने पनि उनीहरु कुनै निर्णयमा पुग्न सकेका छैनन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको निरन्तरताका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षसँग घनिभूत संवाद जारी राखेका छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने ओलीको विपक्षमा खरो ढंगले उत्रिएको छ । यही कारण प्रधानमन्त्री ओलीको प्रयासले पनि सार्थकता पाउन सकेको छैन । यस्तो अवस्था अब जसपा कहाँ उभिन्छ ? उसको प्राथमिकता के हो ? यिनै विषयमा केन्द्रित रहेर जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरिएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले वर्तमान परिस्थितिलाई कसरी नियालिरहेको छ ?

देशको वर्तमान राजनीतिक घटनाको सन्दर्भमा सोध्नुभयो भने त्यो एउटा कुरा हो, पूरै मुलुकको परिवेशमा मुलुक कहाँ गइरहेको छ, देशको राजनीतिक कहाँ गयो, कहाँ गएर ठोकिने हो, त्यो फेरि अर्कै विषयवस्तु हुन सक्छ । त्यसैले कुन विषयमा प्रवेश गर्ने हो  ?

वर्तमान राजनीतिक घनचक्करकै सेरोफेरोमा जाउँ न ...

प्रतिगमनमाथि प्रतिगमन भएको थियो । एउटा प्रतिगमन संविधान बनाउँदाखेरि नै यहाँका मुख्य पार्टी एमाले, माओवादी र काँग्रेस मिलेर जनतामाथि गोली ठोकेर गरेका थिए । सहमतिको दस्तावेजका रुपमा रहेको अन्तरिम संविधानलाई च्यातेर १६ बुँदे बेइमानी पत्र गरेर प्रतिगमनकारी काम गरिएको थियो । त्यसमा केपी ओलीजीले थप प्रतिगमन गर्नुभयो । असंवैधानिक रुपमा संसद विघटन गरिदिनुभयो, जो अधिकारकै थिएन । त्यसका विरुद्धमा हामी सबै मिलेर लड्यौँ ।

मैले अघि नै भनें, हामी सत्ताको खेलमा छैनौं । हामीलाई सत्ता भन्दा पनि हाम्रो मुद्दा प्रिय छ । वषौँदेखि जनताको सवाल सम्बोधन भएको छैन, त्यो गम्भीर कुरा हो । त्यसको सम्बोधनका लागि हामीले माओवादी, एमाले र काँग्रेसलाई भनेको हो । हाम्रा लागि सत्ताको नभई मुद्दाको सवाल हो । सत्ताको खेलमा हामी सहभागी हुँदैनौँ । हाम्रो मुद्दाबारे प्रधानमन्त्री, काँग्रेस र माओवादीमा नेताहरुलाई पनि भनेका छौं । अब हेरौं, मुद्दा के हुन्छ ।

यो संविधानबाट हामी सन्तुष्ट छैनौं । तर, पनि लोकतान्त्रिक मूल्यमान्यता जोगाउनुपर्छ, त्यो रहेन भने बाँकी काम हुँदैन । त्यसैले हामी सबै मिलेर लोकतान्त्रिक मूल्यमान्यताको रक्षा ग-यौैं । अब संविधान ट्रयाकमा आयो ।

केपी ओलीले गरेको असंवैधानिक काम सर्वोच्च अदालतको फैसलाबाट संविधान ट्रयाकमा आएको छ । त्यसपछि यतिबेला सत्ता हेराफेरीको कुरा भइरहेको छ । सत्ता समीकरणको कुरा भइरहेको छ । त्यसमा हामी सामेल छैनौं । जनता समाजवादी पार्टी सत्ताको रेसमा वा हेराफेरीमा छैन ।

सत्ता समीकरणका लागि निर्णायक विन्दुमा रहेका बेला सत्ता हेराफेरीमा छैनौं भन्नुको अर्थ के हो ?

– आजको दिनमा काँग्रेस र एमाले  मिलिदियो भने दुई तिहाइ हुन्छ । हामी जनता समाजवादी पार्टीको आवश्यकता छ र ? छैन नि । काँग्रेस, माओवादी र जसपाबीचको समीकरणको कुरा ग¥यो भने त्यहाँ हाम्रो आवश्यकता हुन्छ, त्यो पनि कल्पना कसरी गर्ने ? अहिले एमालेको सरकार माओवादीको समर्थनमा टिकेको छ । बहुमतको सरकार छँदैछ ।

अर्कोतिर गठबन्धनका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्ता परिवर्तनको खेलमा छैन भनिसकेको छ । उसलाई अविश्वासको प्रस्ताव ल्याएर यो सरकार हटाउने खेलमा छैन भनेपछि कुरा टुंगिहाल्यो नि ! जसपाको भूमिका कहाँ छ ?

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिनुका पछाडि जसपा कारक बनेको भन्ने छ । तपाईं लगायत जसपाका केही नेता र प्रधानमन्त्री केपी ओलीबीचको बढ्दो उठबसबाट माओवादी केन्द्र झस्किएको हो कि ?

मैले अघि नै भनें, हामी सत्ताको खेलमा छैनौं । हामीलाई सत्ता भन्दा पनि हाम्रो मुद्दा प्रिय छ । वषौँदेखि जनताको सवाल सम्बोधन भएको छैन, त्यो गम्भीर कुरा हो । त्यसको सम्बोधनका लागि हामीले माओवादी, एमाले र काँग्रेसलाई भनेको हो । हाम्रा लागि सत्ताको नभई मुद्दाको सवाल हो । सत्ताको खेलमा हामी सहभागी हुँदैनौँ । हाम्रो मुद्दाबारे प्रधानमन्त्री, काँग्रेस र माओवादीमा नेताहरुलाई पनि भनेका छौं । अब हेरौं, मुद्दा के हुन्छ ।

माओवादीको समर्थनको कुरा छ । उहाँहरु समर्थन फिर्ता नहुँदै हामी केपी ओली सरकारमा पनि जान सक्छौं । हामीले समर्थन गर्न त मिलिहाल्छ नि ! उहाँले समर्थन फिर्ता लिनुपर्छ भन्ने जरुरी छ ? त्यसैले आफ्नो काम आफै गर्नुपर्छ । आफूले गर्ने काम पहिले गर्नुपर्यो नि ! यो भयो भने यो हुन्छ भनेर भन्न पाइँदैन । त्यत्ति हो ।

जसपाले चान्समा डान्स गर्यो, च्याँखे थाप्न आयो भनेर तपाईले नै लेख्ने होला । हेर, सानो पार्टी प्रधानमन्त्रीको कुरा गरिदियो भन्नुहोला नि त ! हामीले त्यति बुझेका छैनौं ? त्यसैले हामीले आफ्नो तर्फबाट त्यो कुरा भन्न मिल्दैन । तर, कसैले हामीलाई नेतृत्व लिदिओस् भन्ने मनमा छ भने औपचारिक रुपमा आउनुपर्यो । हामी नेतृत्व लिन तयार छौं । पार्टीले निर्णय गरेर भन्नुपर्यो । हामी पछि हट्दैनौँ ।

जुन सरकारलाई प्रचण्डजीले प्रतिगमनकारी भनिराख्नुभएको छ, उहाँको पनि सरकार हो । कुनै पनि बहानामा त्यस्तो कुरा गर्न पाइन्छ ? समर्थन फिर्ता लियो भने के हुन्छ ? संवैधानिक रुपमा प्रक्रिया अगाडि बढ्छ । समर्थन फिर्ता लिनेबित्तिकै चुनाव हुँदैन । प्रधानमन्त्री बन्ने विभिन्न प्रक्रिया छन् । अर्को व्यक्ति प्रधानमन्त्री बन्न सक्छ । आफू समर्थन फिर्ता नलिने अनि जसपा तयार भएन त्यसैले फिर्ता नलिएको भन्ने ?  यो भएन के ! काँग्रेसको सभापतिले अविश्वासको प्रस्ताव ल्याउँदैन भनिसकेपछि जसपालाई भन्ने ठाउँ नै छैन ।

आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था देखिँदा पनि जसपाले आफ्नो माग सम्बोधनका लागि अरुलाई भनिरहेको छ । आफैंले आफ्नो माग सम्बोधन गर्दा त अझै राम्रो होला नि ? त्यसका लागि किन लागिराख्नु भएको छैन ?

(लामो हाँसो) सरकारको नेतृत्व लिनुपर्यो भनेर आधिकारिक र औपचारिक रुपमा कुनै पार्टीले निर्णय गरेर आएको छैन । निर्णय गरेर आउनुपर्यो नि । चुनावी सरकार वा नियमित सरकार बनाउनका लागि पनि जसपाले नेतृत्व लिइदिनुपर्यो भनेर माओवादीले निर्णय गरेको छ कि काँग्रेसले निर्णय गरेको छ ? कि एमालेले ल्याएको छ ? कसैले ल्याएको छैन । हावामा प्रधानमन्त्री तपाई हुनुहोस् भनेर त भएन नि !

जसपाले पनि त निर्णय लिएको छैन । वैकल्पिक पार्टी भन्नुहुन्छ, वर्तमान सरकारको विकल्पमा हामी उभिन्छौँ भनेर जसपाले निर्णय लिनुपर्दैन ?

जसपाले चान्समा डान्स गर्यो, च्याँखे थाप्न आयो भनेर तपाईले नै लेख्ने होला । हेर, सानो पार्टी प्रधानमन्त्रीको कुरा गरिदियो भन्नुहोला नि त ! हामीले त्यति बुझेका छैनौं ? त्यसैले हामीले आफ्नो तर्फबाट त्यो कुरा भन्न मिल्दैन । तर, कसैले हामीलाई नेतृत्व लिदिओस् भन्ने मनमा छ भने औपचारिक रुपमा आउनुपर्यो । हामी नेतृत्व लिन तयार छौं । पार्टीले निर्णय गरेर भन्नुपर्यो । हामी पछि हट्दैनौँ ।

अहिले सबैले गर्छु भनिराख्नुभएको छ । केपी ओलीले पनि गर्छु भनिराख्नुभएको छ । उता प्रचण्डजीले पनि हामी नै सरकार बनाएर गरौं न भनिराख्न्नु भएको छ । अहिले सबै बढो उदार देखिनुभएको छ ।

माओवादीले समर्थन फिर्ता लिँदा नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ भन्नुभयो । जसपाले वर्तमान सरकारकै पक्षमा मतदान गर्छ कि नयाँ सरकार निर्माणमा सामेल हुन्छ ?

सरकारको पक्ष र विपक्ष कुरा होइन । प्रक्रिया अगाडि बढेपछि वैकल्पिक सरकार बनाउने बाटो खुल्छ । अहिलेको अवस्थामा कुनै बाटो नै खुलेको छैन । कुन पक्षमा जाने ? बाटो नै खुलेको छैन । केपी ओली सरकारको विकल्पमा सरकार बनाउने बाटो कसैले खोलेको छैन । हामी आफ्नो माग सम्वोधनका लागि केपी ओली सरकारलाई भनिरहेका छौं । उसले सम्वोधन गर्यो भने धन्यवाद दिन्छौं भनेर भनेकै हो । सहयोग गर्नुपरे पनि गरिदिने भनेकै हो । यो सरकारले गरिदिए धन्यवाद, नभए अर्को सरकार आउला, उसलाई भनाैँला । सरकारमा केपी ओली, देउवा र प्रचण्ड पनि बसिसक्नुभएको छ । तीनैजनाका अगाडि हामीले यही मागहरु राखिसकेको हो । कसैले गरिदिएका छैनन् ।  यी समस्या रहँदासम्म हामीले आग्रह गरिरहने हो । अहिलेको सरकारले गर्छ कि ? तर, यो व्यक्ति गर्छ भन्ने लायकको कोही छैन । त्योअनुसारको गतिविधि विगतमा भएको छैन ।

तपाईंहरुको माग सम्बोधनका लागि सरकार पक्षसँग भइरहेको वार्ता कहाँ पुग्यो ? के प्रगति भइरहेको छ ?

अहिले सबैले गर्छु भनिराख्नुभएको छ । केपी ओलीले पनि गर्छु भनिराख्नुभएको छ । उता प्रचण्डजीले पनि हामी नै सरकार बनाएर गरौं न भनिराख्न्नु भएको छ । अहिले सबै बढो उदार देखिनुभएको छ । यो देशमा सबैले आममाफी पायो । मुद्दा पनि फिर्ता भए । बञ्चरोले टाउको काट्ने, जनयुद्धको नाउँमा हजारौं मान्छे मार्ने महाक्रान्तिकारी भए । त्यसअनुसार राज्यले रातो कार्पेट ओछ्याएर व्यवहार गर्यो । यो देशमा थारुले आफ्नो पहिचानका लागि आन्दोलन गर्दा त्योचाँहि अपराध हुँदोरहेछ । यो कसको देश हो ?

यतिबेला त सरकारले थारुवान संयुक्त संघर्ष समिति र सरकारी पक्षबीच वार्ता जारी राखेको छ, यसलाई चाँहि कसरी लिनुभएको छ ?

योबारे वार्ताकारलाई सोध्नु होला । यो छलफल र वार्ताको विषय नै होइन । राज्यको विभेदको शिकार भएको न हो जनता । थारु, मधेसी, आदिबासी जनजातिहरु राज्यको विभेदको शिकार भएको हो । निलम्बित सांसद रेशम चौधरीबारे वार्ता गरिराख्न जरुरी छैन । जसरी अरुको रिहाइ भयो, त्यसरी नै गर्न सकिहालिन्छ नि ।

केही दिनअघि तपाई आफैं पनि रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार जानुभएको थियो । भेट के–के कुराकानी गर्नुभयो ?

साथी हो, बेलाबेला भेट्न गइरहेको हुन्छ । पीडामा छ, दुःखमा छ । अस्ति सरकारसँग यसरी कुरा भइरहेको छ । बन्दी रिहाइ र मुद्दा फिर्ताका कुराहरु यसरी भइरहेको छ भनेर विचारको आदान–प्रदान गर्यौं ।

अहिलेसम्म हाम्रो माग र मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको छ । सरकारबारे केही कुरा भएको छैन । सरकारमा सहभागी हुने कुराको स पनि उच्चारण भएको छैन । सरकारमा सहभागी हुने कुरा पार्टीको पनि एजेण्डा भनेको छैन । हाम्रो एजेण्डा पनि बनेको छैन । जुन एजेण्डा बनेको छैन, त्यसैलाई आधार मानेर पार्टी विभाजन हुने, पार्टीभित्र लडाइँ हुने कुराहरु गरेर केही काम छैन ।

सत्ताका सन्दर्भमा जसपाभित्र दुई लाइन संघर्ष देखिएको छ । यसले जसपाको भविष्यमाथि प्रश्न उठिरहेको छ । यसबारे प्रस्ट पारिदिनुस् न ?

यो मिडियाले उठाइदिएको कुरा हो । तपाईहरुले जसपा सरकारमा जाँदैछ भनेर मन्त्रालयसमेत बाँडफाँट गरिदिनुभएको छ । जसपा पनि विभाजन हुँदैछ भनेर मिडियाका मान्छेले प्रचार गरिदिएको विषय हो । यो चिताए पनि हुने वाला छैन ।

वर्तमान सरकारलाई साथ दिने कुरामा त जसपाभित्र परस्पर विरोधी धारणा आइरहेको प्रस्टै छ । यसमा किन मिडियालाई दोष दिनुहुन्छ ?

यो पनि मिडियाले गरिदिएको हो । अहिलेसम्म हाम्रो माग र मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको छ । सरकारबारे केही कुरा भएको छैन । सरकारमा सहभागी हुने कुराको स पनि उच्चारण भएको छैन । सरकारमा सहभागी हुने कुरा पार्टीको पनि एजेण्डा भनेको छैन । हाम्रो एजेण्डा पनि बनेको छैन । जुन एजेण्डा बनेको छैन, त्यसैलाई आधार मानेर पार्टी विभाजन हुने, पार्टीभित्र लडाइँ हुने कुराहरु गरेर केही काम छैन ।

केही दिनअघि अध्यक्ष उपेन्द्र यादवले पार्टी बैठकमा प्रस्तुत गर्न खोजेको राजनीतिक प्रस्तावलाई किन रोक्न लगाउनुभयो ? रोक्नुपर्ने कारण के थियो ?

अस्तिको बैठक तयारी नपुगेर रोकिएको हो । दुई पार्टीको समायोजनसम्बन्धी एजेण्डा थिए । त्यसको तयारी पुगेको थिएन । काम पूरा भएपछि बैठक बसेर समायोजनको काम टुंग्याइन्छ । यतिबेला राजनीतिक विषयमा कुरा गर्नका लागि परिपक्व माहोल अहिलेसम्म बनेको छैन । अहिले जसपाले के निर्णय गर्ने ? माओवादी र काँग्रेसले केही निर्णय गरेको छैन भने जसपाले निर्णय गर्ने ? चाहिने नचाहिने पागलजस्तो प्रश्न हुन्छ ? मिडियाले पनि पागल जस्तो लेख्छ । जब माओवादी र काँग्रेसको अवस्था क्लियर भएको अवस्थामा मात्र जसपाको भूमिका हुन्छ । उनीहरुको अवस्था क्लियर छैन । पार्टीले उचित समयमा निर्णय गर्छ । पार्टीको निर्णय कार्यान्वयन गर्न हामी सबै बाध्य हुन्छौं ।

जसपामा संसदीय दलको नेता चयनमा किन विलम्ब भइरहेको छ ?

विस्तारै चुन्छौँ । पार्टी एक भइसकेपछि संसदीय दल एक हुनुपर्छ । त्यो म मान्छु । हामीले संसदीय दल एक बनाइसकेका हौं । अहिले संसदीय दलको अध्यक्षता जेष्ठ सदस्यका नाताले माननीय महन्थ ठाकुरले गरिराख्नुभएको छ । संसदीय दलको विधान ड्राफ्ट गरिसकेका छौं । आगामी बैठकबाट त्यसलाई पारित गर्छौं । अनि संसदीय दलको नेता पनि चयन गरिहाल्छौँ ।

अहिलेको संवैधानिक प्रक्रियाअनुसार नै देश अगाडि बढ्ने हो । नियमित प्रक्रिया अनुसार दुई वर्षको कार्यकाल पनि पूरा हुन सक्छ वा संवैधानिक प्रक्रिया पुर्याएर अर्ली इलेक्सनमा जान पनि सक्छ । अस्ति केपी ओलीजीले प्रक्रिया नपुर्याइ चुनावमा जाने कुरा गर्नुभयो ।

अध्यक्ष महन्थ ठाकुरले रातोपाटीसँगकै कुराकानीमा संसदीय दलको नेतामा आफू र उपेन्द्र यादवले दाबी छोडिसकेको बताउनुभएको थियो । अब दलको नेता राजेन्द्र महतो नै हो त ?

(लामो हाँसो) संसदीय दलका साथीहरुले जसलाई बनाइदिनुहुन्छ, उही नेता हुन्छ । त्यो संसदीय साथीहरुको अधिकार हो । बैठक बसेपछि  नेता चयन गरिन्छ ।

चुनावी प्रक्रियाबाट नेता चयन गर्नुहुन्छ कि आन्तरिक सहमति नै बनिसकेको छ ?

पार्टी एकता गर्दा यी कुराहरु भएको हो ।  त्यो कुरा भएर मात्र भएन, अहिले औपचारिकता दिनुपर्छ । त्यो काम हामी चाँडै सम्पन्न गर्छौं ।

वर्तमान राजनीति खिचातानीमा जसपा सग्लो रहेन्छ भन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ ?

ढुक्क भएर बस्नुहोस् । किनभने जसपाको निर्माण यो देशमा वैकल्पिक शक्ति निर्माणका लागि भएको हो । यो ७ दशकमा सातवटा संविधान निर्माण गर्ने र राणा शासन हुँदै गणतन्त्रसम्म आउने तर जनताले अधिकार पनि नपाउने, पहिचान पनि नपाउने, देश समृद्धि र सुशासनतिर पनि नजाने, दुनियाँको कंगाल राष्ट्र बनाउने काम यो कालखण्डमा काँग्रेस र कम्युनिस्ट पार्टीबाट भयो । जनता निरास छ । त्यो अवस्थामा जनताले विकल्प खोजिरहेको छ । विकल्प दिने प्रयास हामीले गर्नपर्छ । यसमा टुटफुट लटरपटर केही हुनेवाला छैन । काँग्रेस र कम्युनिस्ट पार्टीबाट नेता कार्यकर्ता विद्रोह गरेर यसमा लागिरहेको अवस्था छ । मलाई विश्वास छ, यो देशमा जसपा वैकल्पिक पार्टीका रुपमा स्थापित हुन्छ ।

अन्त्यमा, यतिबेलाको निकास वैकल्पिक सरकार हो कि अर्ली निर्वाचन ?

अहिलेको संवैधानिक प्रक्रियाअनुसार नै देश अगाडि बढ्ने हो । नियमित प्रक्रिया अनुसार दुई वर्षको कार्यकाल पनि पूरा हुन सक्छ वा संवैधानिक प्रक्रिया पुर्याएर अर्ली इलेक्सनमा जान पनि सक्छ । अस्ति केपी ओलीजीले प्रक्रिया नपुर्याइ चुनावमा जाने कुरा गर्नुभयो ।

तपाईंको जोड केमा हो ?

हामी दुबै अवस्थाका लागि तयार छौं । मुलुकमा जे अवस्था आउँछ, जसपामा सामेल हुन तयार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप