शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिक भन्छन्, 'यस वर्ष नै कोरोना भ्याक्सिनको नयाँ  खोपको आवश्यकता पर्छ'

शुक्रबार, २० चैत २०७७, १६ : ५६
शुक्रबार, २० चैत २०७७

संसारमा कोरोना भाइरसको दोस्रो लहरसँगै आखिर यो भ्याक्सिनले कति समय काम गर्छ भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न बनेको छ । कोरोनाको जीन म्युटेशन तथा नयाँ भेरियन्ट माथि फलानो कम्पनीको भ्याक्सिन यति प्रतिशत प्रभावकारी भनेर भन्ने गरिए  पनि वैज्ञानिकहरुले   आउने कैयौं वर्षसम्म कोरोना भाइरसले नयाँ–नयाँ रूप फेरिइरहने ठहर गरेका छन् ।

एपिडेमियोलोजिस्ट  (Epidemiologists) तथा  भायरोलोजिस्ट (Virologists) का अनुसार पहिलो जेनेरेशनको भ्याक्सिनले मुश्किलले एक वर्ष काम गर्नेछ । यसकारण पनि उनीहरुको जोड चाँडो भन्दा चाँडो भ्याक्सिन लगाउनमा छ ।

तर, जीन म्युटेशन पछि देखिएको कोरोनाको नयाँ स्वरुपका लागि पूरानो भ्याक्सिनले काम नगर्ने तथा यसका लागि यसै वर्ष अर्को भ्याक्सिन तयार पार्नुपर्ने जरुरी छ । नयाँ स्वरुपको कोरोना भाइरसले पहिलेको तुलनामा मानिसलाई चाँडै नै संक्रमित बनाउने खतरा छ ।

भ्याक्सिन एलाइन्स थिमको रुपमा काम गर्ने पिपल भ्याक्सिन एलाइन्सले  (People's Vaccine Alliance) गरेको सर्वेक्षणका अनुसार यो भ्याक्सिनले एक वर्षसम्म मात्र काम गर्ने शोधमा संलग्न दुई तिहाइको मत छ भने बाँकी एक तिहाई अब नयाँ भ्याक्सिन ल्याउनका लागि नौ महिनाभन्दा कम समय मात्र बाँकी छ ।

यो सर्वेक्षणमा २८ देशका ७७ विख्यात वैज्ञानिक संलग्न रहेका थिए  । यी वैज्ञानिकले  यल,  जोन हप्किन्स तथा इम्पेरियल कलेज जस्ता विश्वका नाम चलेका संस्थामा काम गरिसकेका छन् । वैज्ञानिकका अनुसार समयमै खोप लगाएर हालको कोरोना भाइरसबाट सुरक्षित रहन सकिन्छ । जसले भविष्यमा देखिने भाइरसको चुनौती सामना गर्न समेत सजिलो हुन्छ ।

अमेरिका तथा बेलायतमा खोप अभियानले तिब्रता लिएको छ । उक्त देशमा करिब एक चौथाइ जनतामा पहिलो चरणको खोप लगाइ सकिएको छ । तर, दक्षिण अफ्रिका तथा थाइल्यण्डमा भने एक प्रतिशतमा पनि खोप लगाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप