अनुसन्धानले भन्छ: स्यानिटाइजरले क्यान्सर हुनसक्छ
कोरोनाको कारण गत वर्षदेखि संसारमा स्यानिटाइजरको प्रयोग युद्धस्तरमा बढेको छ । तर, अमेरिका भएको एक शोधमा भने स्यानिटाइजरमा प्रयोग हुने बेन्जीन नामक एक प्रकारको रसायनलाई क्यान्सरको कारक मानिएको छ । वेलिजर नामक अमेरिकी अनलाइन फार्मेसी कम्पनीले यस्तो दाबीसमेत गरेको छ । यो कम्पनीले मेडिकलसँग सम्बन्धित विभिन्न उत्पादन बारे जाँच गर्ने गर्छ ।
वेलिजरले यस प्रयोगमा १६८ ब्राण्डको २६० बोतलमध्ये २१ बोतलमा बेन्जीनको मात्रा अत्यधिक पाएको थियो । कम्पनीले यी ब्राण्डको नामबारे पनि जानकारी दिएको छ ।
बेन्जीन अत्यधिक पाइएका सेनिटाइजर जेलका रुपमा थिए । यस शोधलाई यल युनिभर्सिटिको केमिकल एण्ड बायो फिजिकल इन्स्ट्रुमेण्ट सेन्टर तथा बोस्टन एनालिटिकल नामक एक निजी ल्याबले पनि सही ठहर्याएको छ ।
सेनिटाइजरमा बेन्जीनको मात्रा कसरी आयो भन्ने बारेमा थाहा नभएपनि यसलाई प्युरिफेकशनको दौरान प्रयोग गरिएको हुनुपर्छ ।
अमेरिकाको क्यान्सर सोसाइटिका अनुसार यसले ल्युकेमिया जस्तो ब्लड क्यान्सरको खतरा हुन्छ ।
साथै अमेरिका तथा चीनमा तयार गरिएका सेनिटाइजरमा भने बेन्जीनको मात्रा अत्यधिक पाइएको थियो ।
वेलिजरका अनुसार स्यानिटाइजर बनाउने प्रक्रियाको अन्तिम चरणमा बेन्जीन हटाउनु पर्ने हुन्छ । तर, केही कम्पनीले भने यस प्रक्रियालाई छोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन