शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी गल्तीबाट बच्नुहोस्, नभए आमा बन्ने सुखबाट हुनुहुनेछ वञ्चित

शनिबार, २१ चैत २०७७, १२ : ४८
शनिबार, २१ चैत २०७७

आमा बन्नु एक महिलाका लागि सबैभन्दा ठूलो सुख हुन्छ तर आजकालको जीवनशैली र खानपानसँग सम्बन्धित केही बानी महिलामा बाँझोपनका कारण बन्न सक्छ । यसबाहेक शरीरमा हर्मोनल असन्तुलन भएका कारण पनि महिला बाँझोपनको शिकार हुने गर्छन् । यदि कोही महिा गर्भधारण गर्न असमर्थ हुन्छन् तब उनीहरुको मनमा डर र आशंका पैदा हुन थाल्छ । शंका भगाउनका लागि विशेषज्ञबाट महिलाले बाँझोपनको समस्याबाट पार पाउनका लागि के गर्ने भन्ने जानकारी लिऔं ।

विशेषज्ञका अनुसार शरीरमा पोषक तत्वको कमी, शरीरको तौल, शारीरिक वा मानसिक तनाव, नशालु औषधीको प्रयोग आदि गर्दा महिलामा प्रजनन क्षमता प्रभावित हुने गर्छ । शोधका अनुसार धुम्रपान गर्नु पनि बाँझोपनको महत्वपूर्ण कारण बनिरहेको छ । यसबाहेक गर्भनिरोधक गोलीको बारम्बार प्रयोग गर्दा पनि गर्भधारणमा समस्या निम्त्याउन सक्छ । यी औषधीले शरीरको प्राकृतिक हर्मोनको उत्पादनमा बाधा निम्त्याउँछ जसले गर्भपतनको खतरा बढाउँछ । 

महिलामा बाँझोपनका विभिन्न कारण हुनसक्छन् । यदि कुनै महिलाको फ्यालोपियन ट्युबमा यौन रोग वा कुनै शल्यक्रियाका कारण संक्रमण हुन्छ भने यसले गर्भधारणको सम्भावना कम गर्ने गर्छ । 

यसबाहेक एन्डोमेट्रियोसिस (त्यो स्थिति जसमा महिलालाई महिनावारीका बेला अत्यधिक पीडा हुनु) महिलामा बाँझोपनको सबैभन्दा सामान्य कारणमध्ये एक मानिन्छ । आजकालको व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै तनावमा हुनु पनि साधारण हो । यस्तोमा तनावमा महिलामा बाँझोपनको कारण बन्न सक्छ । 

पिसिओएसका कारण पनि धेरैजसो महिला बाँझोपनको शिकार भइरहेका छन् । यो रोग लाग्दा फ्यालोपियन ट्युबमा सिस्ट बन्ने गर्छ जसका कारण महिलाले गर्भधारण गर्न सकिरहेका हुँदैनन् । यो विकारमा अण्डाशयलाई अण्डाको उत्पादन गर्नबाट रोक्छ र ४० वर्षभन्दा कम उमेरका महिलामा एस्ट्रोजेन हर्मोन उत्पादन पनि कम गर्छ । यसबाहेक मोटोपना र अनियमित महिनावारी पनि महिलामा बाँझोपनको कारण बनिरहेको छ । विशेषज्ञका अनुसार महिला आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर इनफर्टिलिटीबाट बच्न सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

मद्यपान र धुम्रपानले पनि महिलाको प्रजनन क्षमता प्रभावित गर्छ । त्यसैले महिलाले रक्सी, चुरोट नखान सल्लाह दिइन्छ । 

बाँझोपनबाट बच्नका लागि महिलाले तनावरहित हुन निकै आवश्यक छ । नियमित रुपमा योगा, ध्यान र व्यायाम गर्दा पनि यो समस्याबाट पार पाउन मद्दत गर्छ । शरीरको कम तौल र मोटोपना पनि महिलामा ओभुलेसन विकार अर्थात् बाँझोपनको कारण बन्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप