बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जब सलमान खानका कारण बचेको थियो दीया मिर्जाकी आमाको ज्यान, यस्तो छ किस्सा

शनिबार, २१ चैत २०७७, १३ : ४३
शनिबार, २१ चैत २०७७

नायिका दीया मिर्जा आजकाल निकै चर्चा बटुलिरहेकी छिन् र उनी लगातार ट्रेन्ड हुने सिलसिला पनि जारी छ । हालै नायिकाले आफ्नो बेबी बम्प देखाउँदै एउटा फोटो सेयर गरेकी थिइन् । अब यसैबीच दिया मिर्जाको एउटा किस्सा पनि सबैको नजरमा परेको छ । यो किस्सा यस्तो हो जसमा दीयाबाहेक उनकी आमा पनि समावेश छिन् र यससँग नायक सलमान खानको पनि विशेष सम्बन्ध छ । 

दीया मिर्जाले सलमानलाई किन धन्यवाद भनिन् ?

दीया मिर्जालाई विश्वास गर्ने हो भने एक समय यस्तो थियो जब सलमान खानका कारण उनकी आमाको ज्यान बच्न सकेको थियो । सलमानको मद्दतका कारण नै उनले समयमा आफ्नी आमाको उपचार गराउन सकेकी थिइन् । केही वर्ष अघि एक समाचार पोर्टललाई दिएको अन्तरवार्तामा दियाले भनेकी थिइन्, ‘एकपटक मेरी आमा बेहोस हुनुभएको थियो । मैले तुरुन्त सलमानलाई फोन गरेँ किनभने उनी मेरो घर नजिकै बस्दथे । उनकै कारण मैले समयमा नै आफ्नी आमालाइृ अस्पताल पुर्याउन सकेँ । डाक्टरले आमालाई १५ मिनेटभित्र भर्ना नगरेको भए उनको ज्यान बचाउन मुश्किल हुने थियो भनेका थिए ।’

सुरुमा धन्यवाद भनिन् त्यसपछि दिइन् सफाइः

​यो सिलसिलामा दीयाले ट्वीट पनि गरेकी थिइन् । उक्त ट्वीटमा लेखिएको थियो, ‘उनी त्यहि व्यक्ति हुन् जसले मेरी आमाको ज्यान बचाएका थिए । म यो कहिल्यै बिर्सन सक्दिनँ । ’
दीयाले उक्त ट्वीट त्यो बेला गरेकी थिइन् जब एक मुद्दामा सलमान भिन्न स्तरको समस्यामा फसेका थिए । यसैकारण नायिकाले अर्को एउटा ट्वीट गरेर आफ्नै बयानमा स्पष्टिकरण दिनुपरेको थियो । दीयाले भनेकी थिइन्, ‘मैले गरेको ट्वीट कुनै पनि तरिकाले त्यो केससँग जोडिएको छैन् । म त केही भावुक भएकी थिएँ र सलमानलाई धन्यवाद दिइरहेकी थिएँ । ’

स्मरण रहोस्, सलमान र दीयाबीच निकै राम्रो सम्बन्ध देख्न पाइन्छ । यी दुईले एक अर्कालाई निकै राम्रो साथी मान्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप