शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

शनिबार, २१ चैत २०७७, १५ : २९
शनिबार, २१ चैत २०७७

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार दिउँसो राजधानीको कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो।  बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यका साथै सांसदहरुको समेत सहभागिता रहेको छ । 

बैठकले संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको छ । 

शुक्रबार पनि एक विज्ञप्तिमार्फत खनाल–नेपाल सहितका ११ नेताले ओलीबाट देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेका थिए । 

विज्ञप्तिमा नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप