शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणको हटस्पट बन्यो भारत

आइतबार, २२ चैत २०७७, ०९ : ४५
आइतबार, २२ चैत २०७७

भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन । 

शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।
 
यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ । 

शुक्रबार अघि ब्राजिलमात्रै भारतभन्दा पछाडि थियो । त्यसदिन भारतमा कोरोनाका ६९ हजार संक्रमित पुष्टि भएको थियो र ब्राजिलमा करिब ७२ हजार नयाँ मामिला दर्ता गरिएको थियो । 

तर शनिबार भारतले दुबै देशलाई पछि पारेको छ । 

भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको सातदिनको जुन औसत निस्किएको छ, त्यो पनि संसारमा सर्वाधिक छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक दिनमा कोभिड–१९ का ९० हजारभन्दा बढी मामिला सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए । 

धेरै संक्रमित सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए । 

तर अब एकपटक पुनः कोरोनाका संक्रमित त्यसै गतीमा बढिरहेको छ । 

हरेक दिन कोभिडका कारण भइरहेको मृत्युको आँकडा पनि नोभेम्बर–डिसेम्बर सन् २०२० को स्तरमा पुगिसकेको छ, जब देशमा दैनिक ५ सय भन्दा यो महामारीका कारण मारिएका थिए । 

भारतमा हालसम्म एक लाख ५४ हजार ११० मानिसहरुको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । 

कोरोना संक्रमणको कूल मामिलाको हिसाबले भारत संसारकै तेस्रो स्थानमा छ । 

जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार भारत र ब्राजिलबीच अब धेरै अन्तर छैन । यस्तै अमेरिका सर्वाधिक संक्रमित (तीन करोड ६ लाख) सहित पहिलो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप