बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा माधव नेपाल समूहले पनि छाड्यो मुख्यमन्त्री शाहीको साथ

आइतबार, २२ चैत २०७७, १६ : १५
आइतबार, २२ चैत २०७७

सुर्खेत ।  नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् ।  यसअघि एमालेको माधव नेपाल समूहले मुख्य मन्त्री शाही नेतृत्वको सरकारलाई साथ दिँदै आएकोमा हाल आएर सो समूहले पनि साथ छाडेको हो । 

यससँगै आज बसेको एमाले संसदीय दलको बैठकले  सरकारमा सहभागी बनेका तीन जना मन्त्रीलाई सोमबारसम्म राजीनामा  गराउने निर्णय  गरेको छ ।  

एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा  सहज  वातावरण बनाउने निर्देशन दिएको  छ । 
सोही अनुसार  तीनै जना मन्त्रीले राजीनामा दिने प्रतिवद्धता जनाएको बताइएको  छ।  

सांसद सुशिल थापाका अनुसार मन्त्रीहरुले भोलि बेलुका सम्ममा राजीनामा दिइसक्ने गरी निर्णय भएको रातोपाटीलाई जानकारी दिए । 
एमालेबाट सरकारमा सामाजिक विकास मन्त्री दल रावल, अर्थमन्त्रीमा प्रकाश ज्वाला, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप