मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इँटा बोक्दै पूर्वगृहमन्त्री जनार्दन शर्मा

आइतबार, २२ चैत २०७७, १६ : ५२
आइतबार, २२ चैत २०७७

पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन् । 
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन २०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा)निर्माण भैरहेको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए । 

उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्ने नेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ ।

रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप