वार्षिकोत्सवको अवसरमा कुमारी बैंकद्वारा पशुपति क्षेत्रमा सरसफाई
आइतबार, २२ चैत २०७७, १८ : ५८
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा पशुपति क्षेत्रमा सरसफाई गरेको छ ।
सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरे ।
पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत उच्च व्यवस्थापनका पदाधिकारीहरु र १५० जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ