बढ्दै लापरवाही, फैलिँदै कोरोना
छिमेकी मुलुक भारतमा दैनिक रेकर्डस्तरमा कोरोना संक्रमितहरु फेला परिरहेका छन् । संक्रमण व्यापकरुपमा फैलन थालेपछि देशका विभिन्न स्थानमा पुनः लकडाउन लागू गर्न शुरु भइसकेको छ । भारतमा लकडाउन सुरु हुन थालेपछि यतिबेला भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइरहेको छ ।
भारतमा संक्रमण फैलिरहँदा नेपालमा पनि संक्रमण फैलने चिन्ता जनस्वास्थ्यविद्हरुले व्यक्त गरिरहेका छन् । किनभने विगतमा पनि त्यही ट्रेन्ड देखिएकै हो । अझ भारतमा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको पुष्टि भइसकेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट अझ बढी संक्रामक र घातक भएको वैज्ञानिकहरुले बताइरहेका छन् । नेपालमा भारतको जस्तो अवस्था हुन नदिनका लागि यतिबेला हामीले निकै सचेत हुन जरुरी छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अनावश्यक भीडभाडमा नजानेलगायत न्यूनतम नियमहरु पालना गर्न आवश्यक छ ।
तर, यहाँ लापरवाही बढ्दो छ । भीडभाडमा, सार्वजनिक यातायातमा पनि मास्क नलगाइ मानिसहरु बिन्दास तरिकाले हिँडिरहेका हुन्छन् । न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नेहरु पनि कमै छन् । त्यही भएर पछिल्ला दिनहरुमा नेपालमा पनि बिस्तारै कोरोनाभाइरस संक्रमणको ग्राफ बिस्तारै उकालो लाग्दैछ । हामी कति लापरवाह बनिरहेका छौँ, हेरौँ केही तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा