शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिकले भ्यागुतोबाट बनाए नयाँ रोबोट

सोमबार, २३ चैत २०७७, १३ : २६
सोमबार, २३ चैत २०७७


अमेरिकी वैज्ञानिकले भ्यागुतोको कोशिकाबाट जीवित रोबोट बनाएका छन् । यो पानीमा पौडिने मात्र होइन आफ्नो कल–पुर्जा पनि बदल्न सक्छ । साथै यसको स्मरण शक्ति पनि एकदमै राम्रो छ ।

यो रोबोट 'Xenobots' बायोलजिकल रोबोटको 'अपडेटेड भर्सन' पनि हो जसको पछिल्लो वर्ष अनावरण गरिएको थियो । यो जिउँदो रोबोटलाई टुफ्टस युनिभर्सिटी तथा वोरमोंट युनिभर्सिटीका वैज्ञानिकले भ्यागुताको कोशिकाबाट तैयार  गरेका हुन ।

यो सानो रोबोटले कैयौं काम एकसाथ गर्न सक्छ । यो आफैं चल्न सक्छ भने आफ्ना रोबोट साथीहरुसँग मिलेर सैनिक जसरी कुनै कामको परिणाम निकाल्न सक्छ  । यस नयाँ रोबोटमा कैयन नयाँ प्रविधि  जोडिएका छन  । यसले कैयौं एकल कोशिकालाई जोडेर आफ्नो शरीर समेत बनाउन सक्छ । यो रोबोट पौडिन पनि सक्षम छ ।



यस  रोबोटको स्मरण क्षमता यति जबर्जस्त छ कि यसले आफूसँग भएका घटनाको स्मरण गर्न समेत सक्छ । यसको आयु पनि लामो छ भने अरूसँग एकजुट भएर काम गर्न सक्छ । साथै आफूले आफैंलाई ठीक गर्न समेत सक्छ । शोधकर्ताका अनुसार यसलाई अझ परिष्कृत गरेर यसमा अन्य क्षमता पनि राख्न सकिन्छ ।

शोधकर्ताका अनुसार यसलाई पर्यावरण सुधार गर्न तथा स्वास्थ्य व्यवस्था राम्रो बनाउन प्रयोग गर्न सकिन्छ । यस  रोबोटबाट कसरी मानिसले जस्तै भ्यागुताको कोशिकाले  शरीरको निर्माण गर्छन्  र एउटा सिस्टमको रुपमा काम गर्छन् बारे थाहा पाउन सक्ने विश्वास गरिएको छ  । यस  रोबोटको बारेमा जर्नल साइन्स रोबोटिक्समा विस्तृत शोध प्रकाशित भएको छ ।

श्रोत - https://robotics.sciencemag.org/content/6/52/eabf1571

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप