ad
केन्द्रीय संस्करण
संसद् बैठक

प्रचण्डलाई व्यङ्ग्य गर्दै महेश बस्नेतले संसदमा सुनाए यस्तो ‘कविता’

केपी ओलीका अगाडि केही लागेन, जसपा मानेन, काँग्रेस जागेन : बस्नेत

person explore access_timeचैत २३, २०७७ chat_bubble_outline0

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरे । युवा संघका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले प्रचण्डमाथि व्यङ्ग्य गर्दै संसदमा लिखित कागज वाचन गरे ।

सम्माननीय सभामुखज्यू भनेर प्रस्तुत भएका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको नाम पनि कतै उच्चारण गरेनन् । कविले साहित्यिक कार्यक्रममा कविता वाचन गरे जसरी उनी फटाफट कागज पढ्न थाले । तर, उनले सुनाएको ‘कविता’ प्रचण्डमाथि लक्षित थियो भन्ने प्रष्टै बुझिन्थ्यो ।    

एमाले सांसद बस्नेतले प्रचण्डमाथि टिप्पणी गर्दै सुनाएको गद्य कविता शैलीको वाक्यांश जस्ताको त्यस्तै–

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा  पर्‍यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सिट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन !

धन्यवाद ।

यो पनि...

 

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.