बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्यो

सोमबार, २३ चैत २०७७, १७ : १०
सोमबार, २३ चैत २०७७

काठमाडौं – काठमाडौं उपत्यका कोरोना संक्रमित दर बढ्न थालेको छ । एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशैभर २ सय ६६ संक्रमित भेटिएका काठमाडौं उपत्यकामा मात्र १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । 

काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  
 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप