शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘टीबीसी जब फेयर–२०२१’ हुँदै, २५ कम्पनीहरुले सहभागीता जनाउने

सोमबार, २३ चैत २०७७, १८ : ५५
सोमबार, २३ चैत २०७७

काठमाडौँ । ब्रिटिस कलेजले (टीबीसी)ले ‘टीबीसी जब फेयर–२०२१’ को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो अप्रिल ९ मा जब फेयरको आयोजना गर्न लागेको हो । 

जब फेयरमा २५ कम्पनीहरुको सहभागिता रहने कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले जानकारी दिए । कलेजका स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएससी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहने कलेजले जनाएको छ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिने बताइएको छ । त्यस्ता कम्पनीहरूमा बतास अर्गनाइजेसन, भोज डिल, ब्रेन डिजिट, सीजी होल्डिङ, गोर्खा ग्रुप, हाम्रो बजार डटकम, हिमालयन जनरल इन्स्योरेन्स, इन्ग्रिल्स, लक्ष्मी बैंक लिमिटेड, लिप फ्रग, एमएडब्लु इन्टरप्राइजेज, मिरा बायोटेक, पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, रियण्डा बीज, सिप्रदी ट्रेडिङ, सुविसु केबल नेट, उज्यालो फाउन्डेसन, अल्टिमेट बिजनेस एडभाइजर, युनाइटेड डिस्ट्रिब्युटर नेपाल, उपाय कार्गो, भात्सल इम्पेक्स (साओमी), भायनेट, यती एयरलाइन्स, योङ्ग इनोभेटर्स लगायतका कम्पनीहरुको उपस्थिति रहने मण्डलको भनाई छ । 

त्यस्तै, स्टार्टअप बिजनेसमा आबद्ध भएका संस्थाहरु तथा नेक्स्ट भेन्चर कर्पको पनि सहभागिता रहने बताइएको छ । जब फेयरमा आउन चाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप