बालबालिकाका लागि चिनीको सेवन घातकः स्मरणशक्ति र सिकाइमा पुर्याउँछ असर
बालकालिकाका लागि चिनीको सेवन घातक हुनसक्छ । नयाँ अनुसन्धानका अनुसार धेरै चिनीको सेवन गर्ने बालबालिकाको स्मरणशक्ति र सिकाइ क्षमतामा असर पुग्छ ।
चिनीको अत्यधिक सेवनले स्वास्थ्यसम्बन्धी समस्याहरु मोटोपन, मुटु रोग र अन्य बिरामीहरु पनि निम्त्याउँछ ।
जर्जिया विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धानले धेरै चिनी खाँदा स्मरणसम्बन्धी भाग हिप्पोक्याम्पसमा नकारात्मक असर पुग्छ । वैज्ञानिकले मुसामाथि गरेको प्रयोगमा चिनीको प्रयोगले सम्झिने क्षमतामा ह्रास ल्याउने पत्ता लागेको हो । मुसालाई हरेक दिन पेयपदार्थ दिइएको थियो । जसबाट सानो उमेरमा सिकेको र सम्झिने शक्तिमा नकारात्मक असर परेको पाइयो ।
अत्यधिक चिनीको सेवनले पेटका ब्याक्टेरियामा परिवर्तन ल्याउँछ । र स्मरणशक्तिमा गिरावट आउँछ । मुसाको बच्चालाई सामान्य खानेकुरासँग चिनीबाट बनेको सोल्युशन प्रयोग गरिएको थियो । त्यसपछि मुसालाई हिप्पोक्याम्पसमा आधारित काम गराइयो । शुरुवातमा चिनीको प्रयोग गरियो जसमा असर देखियो भने चिनीको प्रयोग नगर्ने मुसामा यसको असर देखिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै