बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लक्ष्मी बाहिरिएपछि ‘घिन्ताङ’मा भित्रिइन् केकी

मङ्गलबार, २४ चैत २०७७, १८ : ३०
मङ्गलबार, २४ चैत २०७७

काठमाडौँ । पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक फिल्म ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी छन् । यस अगाडि फाइनल भएकी अभिनेत्री  लक्ष्मी बर्देवा फिल्मबाट बाहिरिएपछि निर्देशक श्रेष्ठले अभिनेत्रीको रुपमा केकी भित्र्याएका हुन् ।

निर्देशक श्रेष्ठले फिल्मका लागि लक्ष्मीको ठाउँमा केकी फाइनल भएको बताए । ‘फिल्म छायाँकनका लागि हामी फ्लोरमा जाने तयारीमा थियौ । त्यही समय मलाई कोरोना भयो’ निर्देशक श्रेष्ठले भने– ‘सुटिङका लागि समयमै निस्कन नसकेकोले लक्ष्मीको सेडुल जुध्यो ।’ सेडुल जुधेको कारण लक्ष्मी सहमतिमा फिल्मबाट बाहिरिएको निर्देशक श्रेष्ठले सुनाए । भने, ‘लक्ष्मी बाहिरिएपछि फिल्म लागि केकीसँग एग्रिमेन्ट गरेका छौ ।’

अभिनेत्री लक्ष्मीले पनि सुटिङ जुधेका कारण फिल्मबाट हात झिकेको बताइन् । ‘घिन्ताङ’ बाट बाहिरिने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । यसअघि एलिजा गौतम पनि फिल्मबाट बाहिरिएकी थिइन् । एलिजाले छाडेपछि दीपकले लक्ष्मीसँग फिल्म अभिनयका लागि एग्रिमेन्ट गरेका थिए ।

केही अगाडि पूजाआजा गर्दै शुभ साइत गरिएको फिल्म बैशाख ७ गतेबाट सुरु हुँदैछ । फिल्ममा गौरव पहारी र केकी अधिकारीको मुख्य भूमिका रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप