‘आहा रारा गोल्डकप’: थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस फाइनलमा
पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा पुलिस क्लबको तर्फबाट जर्सी नं. ७७ का बुद्ध बल तामाङले गोल गर्न सफल भएका थिए । उनले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । यस्तै तेज तामाङ, सौजन राई र सुमन लामाले एक–एक गोल गरेर प्रतियोगितामा फराकिलो जित अन्तर कायम गरे ।
दोस्रो हाफको ६७ औं मिनेटमा तेजले गरेको गोलसँगै २–० को अग्रता कायम भएको थियो । त्यसको ६ मिनेट पछि पुलिसकै सुमन लामाले ७३ औं मिनेटमा गरेको गोलसँगै ३– ० का गोलको अग्रता कायम गर्न पुलिस सफल भएको थियो । त्यस्तै खेलको ८५ औं मिनेटमा सौजन राईले पुलिसका लागि थप गोल गरेपछि ४–० को जित सुनिश्चित भएको हो । यो जितसँगै पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसिएसनसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र एपिएफबीच हुने छ । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रूपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ