शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सांस्कृतिक संघको महाधिवेशन आगामी माघमा, सल्लाहकारमा गिरी र भट्टराई नियुक्त

मङ्गलबार, २४ चैत २०७७, २१ : २१
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले प्रवक्ता, प्रेस र कानुनी सल्लाहकार नियुक्त गरेको छ । चैत १२ गते बसेको संघको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार अध्यक्ष तीर्थबहादुर थापाले संघको प्रवक्तमा साहित्यकार महेश प्रसाईं, प्रेस सल्लाहकारमा पत्रकार​ कुबेरराज गिरी र कानुनी सल्लाहकारमा अधिवक्ता सन्तोष भट्टराईलाई नियुक्त गरेका हुन् ।

संस्थाप्रति पुर्याउँदै आएको योगदानको सम्मान गर्दै उनीहरुलाई सल्लाहकारमा नियुक्त गरिएको अध्यक्ष थापाले जानकारी दिए । सांस्कृतिक संघले जिल्ला मातहतका कमिटीलाई आगामी जेठभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरिसक्न पनि निर्देशन दिएको छ ।

संघले आगामी मंसिरभित्र पालिका र जिल्ला अधिवेशन गर्ने निर्णय पनि गरेको छ । यस्तै सांस्कृतिक संघको महाधिवेशन भने आगामी माघ २८ र २९ गर्ने गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप