राजालाई ‘श्री ५’ कै रुपमा निम्ता
काठमाडौँ । विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् ।
हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका निम्ति मौसुफलाई महामण्डलेश्वरबाट विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा प्राप्त भएको हो ।
आचार्य मण्डलेश्वरका तर्फबाट निमन्त्रणा लिएर उनका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए ।
भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयंसेवक (RSS ) का प्रमुख मोहन भागवत लगायत कैयन् दिग्गजहरुको समेत सहभागिता रहने बुझिएको छ ।
यो समाचार आजको घटना र विचार साप्ताहिक पत्रिकामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कोशी प्रदेशसभाको विशेष अधिवेशन
-
तराई मधेसमा बदनाम बन्दै वरमाला
-
फिल्मको हिरो बन्दै भाइरल गायक अशोक दर्जी
-
राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष