बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको अन्तिम चेतावनी

चैत ३१ सम्म खाली नगरे व्यवसायीलाई पनि कारबाही गरिने
बुधबार, २५ चैत २०७७, ११ : १०
बुधबार, २५ चैत २०७७

नेपाल ट्रस्टले कन्सेप्ट डेभलपरलाई काठमाडौँ प्लाजा खाली गर्न अन्तिम पटक पुनः सूचना प्रकाशित गरेर निर्देशन दिएको छ । पटक पटक सूचना प्रकाशित गरेर खाली गर्न भनिए पनि डेभलपलरले खाली नगरेको भन्दै अन्तिम पटक चैत्र ३१ सम्मको म्याद राखेर नेपाल ट्रष्टले सूचना जारी गरेको छ । ३१ गतेसम्म काठमाडौँ प्लाजा भवन खाली नगरे कारबाहीमा उत्रने चेतावनी समेत दिएको छ । 

नेपाल ट्रस्टले भनेको छ, ‘कन्सेप्ट डेभलपलरको लिज सम्झौता गत असार २ गते नै सकिएपछि पटक—पटक सूचना जारी गर्दा तथा मौखिक रुपमा जानकारी गराउँदा पनि कन्सेप्ट डेभलपरले भवन खाली गरि हस्तान्तरण गरेको छैन । यहि चैत ३१ गतेसम्म हस्तान्तरण गर्न अन्तिम पटक सुचना प्रकाशित गरिएको छ ।’

यदि सो समयमा खाली नगरी कानुन बमोजिम सो भवनमा व्यवसाय गर्ने सबैलाई कारबाही चलाइने नेपाल ट्रस्टले भनेको छ । 
ट्रस्टको कार्यालयले उक्त भवन काठमाडौँ महानगरपालिकालाई भवन भाडामा दिने सम्झौता गरेको छ । महानगरपालिकाले १० वर्षका लागि उक्त भवन भाडामा लिन सम्झौता गरिसकेको छ । महानगरपालिकाले मासिक ६० लाख रुपैयाँमा भाडा तिर्ने गरी सम्झौता गरेको हो ।

सम्झौता अनुसार महानगरपालिकाले उक्त भवन अन्य प्रयोजनका लागि भाडामा लगाउन पाउने छैन भने भवन पूर्णरुपमा आफैले प्रयोग गर्नुपर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप