विपिन लिएर ‘विवेक’ बनाउँदै माधव
काठमाडौं । ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई लिएर उनले यो फिल्म बनाउन लागेका हुन् ।
प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका लागि विपिन र स्वस्तिमा फाइनल भएका छन् । फिल्मको अन्य पात्र अडिसनबाट छान्ने सोच आफ्नो निर्माता माधव वाग्लेले बताए ।
फिल्मको निर्देशन पनि माधवले नै गर्न लागेका हुन् । मंगलबार सामाजिक सञ्जालबाट उनले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको जानकारी दिएका हुन् । सार्वजनिक पोस्टरमा विपिनलाई देख्न सकिन्छ । पोस्टर मार्फत् फिल्मका लागि कलाकार समेत आह्वान गरिएको छ ।
फिल्मको अहिले लेखन कार्य भैरहेको छ । यसको लेखन लोकनाथ कोइरालाले गरिरहेका छन् । तराई भेगमा छायाँकन हुन फिल्म नेपाली, मैथिली र भोजपुरी गरेर तीन भाषामा निर्माण हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव