शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पदमुक्त भएलगत्तै न्यौपानेले गरे गाडी फिर्ता

बुधबार, २५ चैत २०७७, १८ : ११
बुधबार, २५ चैत २०७७

बुटवल ।  मंगलबार पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् ।  प्रदेशसभा सदस्य न्यौपानेले बुधबार आफ्नो गाडी फिर्ता गरेका हुन् ।  न्यौपाने अर्थ,उद्योग, पर्यटन समितिको सभापतिको जिम्मेवारीमा समेत रहेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेशसभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।

कारबाहीपछि प्रदेशसभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा पङ्खा संसद सचिवालयलाई फिर्ता गरेका छन् । सांसदबाट हटेपछि सरकारी सुविधा लिन आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका छन् ।

न्यौपानेले रुपन्देहीबाट चुनाव जितेका थिए । एमालेमा लागेपछि उनीमाथि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो । तर उनले एक हप्तासम्म पनि जवाफ नफर्काएपछि पार्टीले संसद सचिवालयमा पत्र पठाएको थियो । मंगलबार सभामुख पूर्णबहादुर घर्तीले न्यौपानेको सांसद पद नरहेको सभामा जानकारी गराएका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप