पत्रकार महासंघ जाजरकोट शाखामा बालकुमार शर्मा प्यानल निर्वाचित
नेपाल पत्रकार महासंघको जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मा विजयी भएका छन् । बुधबार भएको मतदानमा ८६ मत खसेकोमा गठबन्धनका अध्यक्ष शर्मा ६४ मत प्राप्त गरी विजयी भएको हुन् ।
उनका प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघका दिप बहादुर घर्तीले २२ प्राप्त गरेका थिए । यस्तै
उपाध्यक्ष (महिला)मा गठबन्धनकी टुकमाया घर्ती ६६ मत सहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघकी निर्मला थापाले ७ प्राप्त गरेकी थिइन् ।
सचिवमा गठबन्धनका भरत शर्मा ५५ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका बिनोद घर्तीले २४ मत पाए । यस्तै कोषाध्यक्षमा गठबन्धनकै युद्ध जित शर्मा . ६५ प्राप्त गरी निर्वाचित भएका छन् भने क्रान्तिकारी पत्रकार संघका तिर्थ बोहराले १० मत पाए ।
सहसचिवमा गठबन्धनका पवन शर्मा ६६ मतसहित बिजय हुँदा प्रेस चौतारी नेपालका जनक चन्दले २१ प्राप्त गरे । सदस्य (दलित)मा गठबन्धनकै काली बहादुर नेपाली ६६ मत ल्याएर बिजय भएका छन् । क्रान्तिकारी पत्रकार संघका धन बहादुर नेपालीले ९ मत पाएका थिए ।
निर्विरोध निर्वाचित उपाध्यक्ष :
सहदेव बस्नेत
निर्विरोध सहसचिव :
सपना वली
निर्विरोध निर्वाचित खुल्ला सदस्य :
बद्री पन्त
नवराज शाही
रेशम बहादुर खड्का
अर्पण रावल
सन्देश आचार्य
जनक सिंह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत