शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा खत्रीले मारे बाजी, विपुल प्यानलको क्लिन स्वीप

बुधबार, २५ चैत २०७७, २२ : ४९
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । केन्द्रमा विपुल पोखरेल नेतृत्वको सो प्यानलले पूरै प्यानल जितेको छ ।  मत परिणामअनुसार उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् । यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् । 

यसैगरी सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप