शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ नतिजा : विष्णु पौडेलको गृहजिल्लामा गठबन्धन विजयी

बिहीबार, २६ चैत २०७७, १२ : १७
बिहीबार, २६ चैत २०७७

बुटवल । पत्रकार महासंघ रुपन्देही शाखामा प्रगतिशिल लोकतान्त्रिक प्यानलका साझा उम्मेदवार रामराज पोख्रेलको समुह विजयी भएको छ । पोख्रेल नेतृत्वको समुहले प्रेस चौतारी समुहका दिनेश पाण्डेको समूहलाई पराजित गरेको हो ।

रुपन्देही अध्यक्षमा लोकतान्त्रिक प्यानलका पोखरेल १६३ मत ल्याएर निर्वाचित बनेका छन् । उनका प्रत्यासी साझा प्यानलका पाण्डेले १२० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकालले १९४ मत प्राप्त गरी  विजयी बन्दा उनका प्रत्यासी हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी भएकी छन् ।

अनमोलले १४९ मत प्राप्त गरेकी छन् भने प्रत्यासी लोकतान्त्रिक प्यानलकी सञ्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलका सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका दाबेदार स्वस्तिक  श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार १८५ मत प्राप्त गरी विजयी भएका छन् । साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् ।

सहसचिवमा लोकतान्त्रिक प्यानलकै वीरेन्द्र कुँवर १६७ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द घर्तीले १०८ मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यमा लोकतान्त्रिक प्यानलकै प्रदिप आचार्य, कविराज अधिकारी, थानेश्वर घिमिरे, मोतिरामा न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे विजयी भएका छन् ।

महिला सदस्यमा लोकतान्त्रिक प्यानलकी हरिकला अधिकारी, जनजाती सदस्यामा पनि लोकतान्त्रिक​कै राज चौधरी विजयी भएका छन् । खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीमा पत्रकारहरुको नतिजालाई धेरैले राजनैतिक अर्थमा बुझेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप