ललितपुरमा ९५ लाखको सुटकेश चोरी, चारजना पक्राउ
काठमाडौं । ललितपुरको हरिसिद्धिबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ मा चोरी भएको थियो । चोरीमा संलग्न ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, रामेछापका प्रदिप गौतम, सुनसरीका महेश अधिकारी, धनकुटाका दिपक खड्का र नविन अधिकारी छन् । सुनसरीको माता नगरपालिका–६ घर भई काठमाडौं बस्ने महेश अधिकारी अर्वन ओएसिस इन्टरप्राइजेजका पूर्व कर्मचारी हुन् । उनको योजनामा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
सिसिटिभी फुटेज लगायत प्राविधिको अनुसन्धान गरेर प्रहरीले चोरीमा संलग्न आरोपीलाई नरेफाँट र जडिबुटीबाट पक्राउ गरेको थियो । आरोपीका डेराबाट प्रहरीले चोरीका सुटकेश र झोला बरामद गरेको छ । बा.२१च ७३४४ नम्बरको गाडी प्रयोग गरेर उनिहरुले चोरी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी घिमिरेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर