बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार महासंघ कर्णाली प्रदेश समितिमा माओवादी निकट देवकोटा विजयी

बिहीबार, २६ चैत २०७७, १३ : २५
बिहीबार, २६ चैत २०७७

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा माओवादी निकट मानिने देविराम देवकोटा विजय भएका छन् । देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका हुन्  । उनका प्रतिद्वन्द्वी दैलेखका विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् ।  विजयी देवकोटा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही निकट पनि मानिन्छन् ।  माओवादी केन्द्र निकट मानिने उनी प्रेस युनिएन,माधव नेपाल समूह (प्रेस चौतारी) सँग मिलेर चुनावी मैदानमा होमिएका थिए भने ओली समूह निकट प्रेस चौतारीका विष्णु शर्मा भने एक्लो मैदानमा होमिएका थिए ।  

यस्तै उपाध्यक्षमा दैलेखका चक्र केसी विजयी भएका छन् । उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी थियो । जसका केसीले  ३१३ मत प्राप्त गरेका छन् भने युनियन निकट मानिने सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायले  २३८ र पवित्र शाहीले २०४ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा जुम्लाकी कृष्णमाया उपाध्यायलाई (ओली निकट) सुर्खेतकी विमला खड्का (संयुक्त गठबन्धन)ले हराएकी छन् । खड्काले  ४२८ मत प्राप्त गर्दा उपाध्यायले जम्मा २२९ मत प्राप्त गरेकी छन्।  यस्तै महासचिवमा खगेन्द्रप्रसाद भट्टराई (युनियन निकट) (४७०) विजयी भएका छन् । सचिवमा सुर्खेतका पत्रकार (माधव समूह) दीपक बुढा (४५१), सचिव समावेशीमा अशोक राजी (४४६), कोषाध्यक्षमा गणेशकञ्चन भारती (माओवादी निकट) (४३७) विजयी भएका छन् । 

सदस्यमा ईश्वरीप्रसाद देवकोटा (४०५), कृष्णबहादुर वली (५३६), जीवन शाही (५५२), दीपकबहादुर जोशी (४१०), नन्दराज जैशी (४९६) सुवर्ण शाही (४४७) र सुरेन्द्रबहादुर  सिंह (२४६) विजयी भएका छन् ।  यस्तै महिला सदस्यमा चिना विक (५६३), देवका लामिछाने (४३७) र सुरिता बस्नेत (४६३) विजयी भएकी छन् ।   कर्णालीमा ओली पक्ष प्रेस चौतारी एक्लै चुनावी मैदानमा होमिएको थियो भने अन्य संगठनको गठबन्धन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप