शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कसले जिते ?

बिहीबार, २६ चैत २०७७, १३ : ३२
बिहीबार, २६ चैत २०७७

सुर्खेत । नेपाल पत्रकार महासंघको चुनाव बुधबार सम्पन्न भएको छ ।  चुनाव सम्पन्न भएसँगै  मत परिणाम पनि आउन थालेको छ । १० जिल्ला रहेको कर्णालीका कुन जिल्लामा कसले जिते विवरण हेर्नुहोस्ः

सुर्खेत 
जिल्ला शाखा सुर्खेतमा उपाध्यक्ष र सदस्य पदमा लागि भएको निर्वाचनमा उपाध्यक्षमा प्रेस युनियनका सुदीप पुरी विजयी भएका छन् ।  पुरीले ८९ मत प्राप्त गरेर विजयी हाँसिल गरे भने उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले ६४ मत प्राप्त गरेका छन् । यस्तै १० जना सदस्यबीच भएको प्रतिस्पर्धामा चिन्तामणि कँडेल र हस्तराज रेग्मी बाहेकका आठ जना विजयी भएका छन् । 
निर्वाचन समितिका अनुसार सुर्खेतमा जम्मा  १ सय ५५ मत खसेको थियो ।  उपाध्यक्ष र सदस्य बाहेक अन्य पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका थिए ।   

जाजरकोट 
जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मा विजयी भएका छन् । ८६ मत खसेकोमा गठबन्धनका अध्यक्ष शर्मा ६४ मत प्राप्त गरी विजयी भएको हुन् । उनका प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघका दिप बहादुर घर्तीले २२ प्राप्त गरेका थिए । यस्तै उपाध्यक्ष (महिला)मा गठबन्धनकी टुकमाया घर्ती ६६ मत सहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी  क्रान्तिकारी पत्रकार संघकी निर्मला थापाले ७ प्राप्त गरेकी थिइन् ।
सचिवमा गठबन्धनका भरत शर्मा  ५५ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका बिनोद घर्तीले २४ मत पाए । यस्तै कोषाध्यक्षमा गठबन्धनकै युद्ध जित शर्मा  ६५  प्राप्त गरी निर्वाचित भएका छन् भने क्रान्तिकारी पत्रकार संघका तिर्थ बोहराले १० मत पाए ।

सहसचिवमा गठबन्धनका पवन शर्मा ६६ मतसहित बिजय हुँदा प्रेस चौतारी नेपालका जनक चन्दले २१ प्राप्त गरे । सदस्य (दलित)मा गठबन्धनकै काली बहादुर नेपाली ६६ मत ल्याएर बिजय भएका छन् । क्रान्तिकारी पत्रकार संघका धन बहादुर नेपालीले ९ मत पाएका थिए ।  

सल्यान   
जिल्ला शाखा सल्यानको अध्यक्षमा संयुक्त श्रमजीवी गठबन्धनका नवीन पौडेल विजयी भएका छन् ।  प्रेस युनियन नेपाल, प्रेस चौतारी (ओली पक्ष) र जन पत्रकार संघ मिलेर यो गठबन्धन तयार गरिएको बताइएको  छ।  
संयुक्त प्रगतिशील व्यावसायिक प्यानलकी मीना बुढाथोकी एक मतले पराजित भएकी छन् ।  जम्मा  ८७ मत खसेकोमा  अध्यक्ष पौडेलले ४४ र बुढाथोकीले ४३ मत प्राप्त गरेका छन् । 

खुला उपाध्यक्षमा संयुक्त श्रमजीवी गठबन्धनका शंकर केसी (४६) निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रगतिशील व्यावसायिक प्यानलका तिलकराज वली (३९)ले मत ल्याएका छन् । 
महिला उपाध्यक्षमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानलकी सरिता चलाउने ४६ मत ल्याइ विजयी भएकी छन् भने सचिवमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानलकै टीकाराम भण्डारीले ४८ मत सहित विजयी भएका छन् । कोषाध्यक्षमा संयुक्त प्रगतिशील व्यावसायिक प्यानल शिवलाल डाँगीले ५१,  खुला सहसचिवमा संयुक्त श्रमजीवी गठबन्धनका आशिष केसीले ४६, समावेशी सहसचिवमा संयुक्तका  बुद्धिमान पुनले ५७ मत ल्याई विजयी भएका छन्। 
संयुक्त प्रगतिशील व्यावसायिक प्यानलमा प्रेस सेन्टर र प्रेस चौतारी ( माधव नेपाल) को गठबन्धन रहेको थियो भने संयुक्त श्रमजीवी गठबन्धनमा प्रेस युनियन नेपाल, प्रेस चौतारी (केपी) र जन पत्रकार संघको गठबन्धन रहेको थियो । 
दैलेख 
प्रेस युनियन, प्रेस चौतारी माधव समूह मिलेर ओली पक्षलाई मात खुवाएका छन् । 
माधव समुह निकट पत्रकार यज्ञराज थापा विजयी भएका छन् ।  थापाले ५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी केपी समूहको चौतारीका पुरुषोत्तम थापा (पुस्कर)ले ३२ मत मात्रै ल्याएका छन् ।
यस्तै खुला उपाध्यक्षमा प्रेस युनियनका महेन्द्र सापकोटाले ५० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी चौतारी (ओली समूह) का कमल शर्माले ३७ मत ल्याएका छन् ।  महिला उपाध्यक्षमा भने ओली निकट चौतारीकी बालकुमारी बुढा (बिनु)ले ४६ मतका साथ विजयी भएकी छन् । 

सचिवमा युनियनका भक्तबहादुर शाही, खुला सहसचिवमा पनि युनियनकै खेमराज वली,समावेशी सहसचिवमा माधव समूहको चौतारीका पृथ वयलकोटी र कोषाध्यक्षमा प्रेस संगठनका तीर्थ बहादुर भण्डारी विजयी भएका छन् ।सदस्यहरुमा पनि थापा प्यानलकै वर्चश्व छ  । 

रुकुम पश्चिममा  
यस्तै रुकुम  पश्चिममा लक्ष्मण केसीले ६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन्  भने उनका प्रतिद्वन्द्वी  हरी गौतमले  ४७ मत मात्र प्राप्त गरेका छन् । 
यस्तै उपाध्यक्षमा  गोपाल प्रसाद रेग्मी, उपाध्यक्ष (महिला)  सिजन बाँठा मगर,सचिव –  हिरा परियार, सहसचिव (खुला) नारायण ओली, सहसचिव (समावेशी)  पवित्रा खड्का, कोषाध्यक्ष  ज्ञानु गौतमको जीत भएको छ । 
यस्तै अन्य केही जिल्लाको मत  गणनाको कार्य भइरहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप