बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको अधिकांश जिल्लामा विपुल पोख्रेल प्यानलको अग्रता

बिहीबार, २६ चैत २०७७, १४ : ०४
बिहीबार, २६ चैत २०७७

 नेपाल पत्रकार महासंघको निर्वाचनमा लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोख्रेल नेतृत्वको लोकतान्त्रिक– प्रगतिशील नेतृत्व अगाडि देखिएका छ । 

प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको हो । 

रुपन्देहीमा पोख्रेलको नेतृत्व  जिल्ला अध्यक्षमा रामराज पोख्रेलको प्यानल विजयी भएको छ । प्रतिस्पर्धामा प्रेस चौतारीका दिनेश पाण्डे प्यानल पराजित भयो । 

रामराज पोख्रेलले १६३ मत सहित विजयी भएका छन् । उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले भने १२० मत प्राप्त गर्दै पराजय भोगेका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा र गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ । गुल्मी जिल्लामा माधव नेपाल निकट प्रेस चौतारीका टोपलाल अर्याल विजयी भएका छन् । अर्घाखाँचीमा लोकतान्त्रीक प्यानलबाट अशोक खनाल निर्वाचित भएका छन् । 
गुल्मीबाट केन्द्रीय अध्यक्षका प्रत्यासी विपुल पोख्रेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

पाल्पामा भने माओवादी निकट प्रेस सेन्टरका रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् । पाल्पाबाट केन्द्रीय अध्यक्षमा पोख्रेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ । यस्तै प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ । अर्घाखाँचीमा पनि प्रेस सेन्टरका अशोक खनाल विजयी भएका छन् । अर्घाखाँची कुल खसेको मत ११६  रहेको छ । लोकतान्त्रिकका अशोक खनालको मत सख्या ७२ र अर्को प्यानलका गणेश खनालले ४३ मत प्राप्त गरेका छन् । प्रदेश सदस्यमा लोकतान्त्रिकका प्रेम नारायण आचार्यले ८५ मत ल्याएका छन् ।

रोल्पामा पनि प्रेस सेन्टरको अध्यक्षतामा जिल्ला नेतृत्व आएको छ  अध्यक्षमा नविन रोका मगर  विजयी भएका छन् । उनले  माधव कुमार वलिलाई पराजित  गरेका छन् । 

बाँकेमा खसेको कुल  मत २९५  खसेको छ ।  जसमा   ५० मत  गणना भएको त्यहा रहेको पत्रकारले बताएका छन् ।  जसमाबिपुल प्यानल अगाडि  रहेको छ ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा पोख्रेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

प्युठान र कपिलवस्तुमा प्रेस युनियन जिल्लाको नेतृत्वमा आएको छ । कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् । कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ । विभिन्न  जिल्ला गणना अनुसार  प्रदेश अध्यक्ष पदमा  वसन्त  गिरिको  ६३७  मत  र  भरत केसीले  ४१३  मत ल्याएका छन्

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप