ad
केन्द्रीय संस्करण

प्रतिनिधिसभामा शान्ता चौधरीको कविता: ‘कठैबरा कसले होला पुछिदिने आँशु ’

person explore access_timeचैत २६, २०७७ chat_bubble_outline0

काठमाडौं ।  नेकपा एमालेकी सांसद सांसद शान्ता चौधरीले प्रतिनिधिसभा बैठकको शून्य समयमा कविता वाचन गरेकी छिन् ।

यस्तो छ उनको कविता:  

विरोधका लागि बिरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ 
जनतालाई हँसाउछ, खुसी दिन्छ 
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ 
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ 
तव विरोधीहरुको निन्द्रा हराउँछ 
विकासप्रेमीहरु अहिले खुसीले गदगद छन् 
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ 
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो 
धरहरा मुसुक्क मुस्कुरायो
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु 
कठैबरा कसले होला पुछिदिने आँशु 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.