शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कीर्तिपुरका म्याद नाघेका औषधि बेच्ने चार औषधि पसल सिलबन्दी

बिहीबार, ०८ असार २०७४, १९ : २१
बिहीबार, ०८ असार २०७४

काठमाडौँ – नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री वितरण गरेको पाएपछि ती पसलमा सिलबन्दी गरेको हो । 

सिलबन्दी गरिएका पसलहरुमा उग्रतारा–गुनिक पोलिक्लिनिक एन्ड डायग्नोसिष्ट सेन्टर, ओरल डेन्टल प्रालि, नवीन फर्मा र रिना मेडिकल हल कीर्तिपुर रहेका छन् । सिलबन्दी गरिएका ती चारवटै पसललाई दिएको निर्देशन पालना गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । 

अनुगमन अधिकृत ढुण्डीराज पोखरेल, मोहन पुडासैनी र विष्णुप्रसाद सुवेदीसहितको तीन टोलीले आज माछामासु, औषधि र यातायात क्षेत्रको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा त्रिपुरेश्वरमा १९ वटा सार्वजनिक यातायातका साधनलाई कारबाही गरी लिएको बढी भाडा यात्रुलाई नै फिर्ता गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । 

यसैगरी जोरपाटी, कमलबारी र तीनचुलीका आठ वटा माछामासु पसललाई सरसफाइ र प्यान दर्ता गर्न निर्देशन दिई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी गत जेठ २३ गतेदेखि विभागले बजारमा विशेष अनुगमन सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप